धनुषाको दुबरकोटमा अरगरियाद्धारा दुर्गा मन्दिरको शिलान्यास
शिलान्यास पूर्व स्थानीय महिलहरुद्धारा कलशयात्रा निकालिएको थियो ।

२०७५ असोज २४ बुधबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. ९ दुबरकोटमा बुधबार दुर्गा मन्दिरको शिलान्यास गरिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य एवम् संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले कलशयात्रीलाई स्वागत गर्दै दुर्गा मन्दिरको शिलान्यास गरेका हुन् ।
त्यहाँ विगत देखि नै लाग्दै आएको दुर्गा पुजाको अवसरमा दुर्गा मन्दिर को सिलन्यास गरिएको उनका निकटमत एवम् युवा नेता विनोद रोहिताले जनाए । दुर्गा मन्दिर निर्माणको लागी जग्गा जग्गा दाता राम सेबक मण्डलको अध्यक्षता तथा अरगरियाको प्रमुख आतिथ्यमा भएको एक समारोहबीच मन्दिरको हिन्दुधर्मको विधिवत रुपमा शिलान्यास गरिएको हो ।
उक्त कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य अरुण सिंह मण्डल , जिल्ला युवा नेता अबदुल शेख , विनोद रोहिता , छठु मण्डल , जिबछ पगहिया , प्रमोद अधिकारी , युवा केन्द्रिय सदस्य अशोक मण्डल , शिक्षक फोरमका जिल्ला सचीव पवन कुमार मण्डल लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…