४ बर्षिय छोरी सहित डा. सिके राउत पक्राउ, जिप्रका घेराउ, अवस्था तनाग्रस्त !!!
उनका समर्थक र प्रहरीबीच झडप हुने सम्भावना समेत बढदै गएको

२०७५ असोज २१ आइतबार, बेलुकी ६:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । राज्य विप्लवको मुद्दामा तारेख बुझन गएका डा. सिके राउत सहित उनकी ४ बर्षिय छोरी (बालिका) लाई समेत प्रहरीले पक्राउ गरेका छन् ।
आईतबार (आज) अपरान्ह जिल्ला अदालत रौतहटमा तारेख बुझन गएका डा. राउतलाई अदालत परिसरबाटै उनकी ४ बर्षिय छोरी सहित गाडि चालक रामेश्वर यादव र सहयोगी संजय स्वराजीलाई समेत गिरफ्तार गरेका छन् ।

केहि दिन अघि जनकपुर स्थित आयोजित एक सभालाई सम्बोधन गर्दे देश टुक्राउने अभिब्यक्ती दिएका राउतलाइ रौतहट जिल्ला अदालत परिशरबाट प्रहरीले हिरासतमा लिएको हो । आइतबार सदरमुकाम गौर स्थित अदालतमा पेसी भएको कारण उपस्थित राउतलाई देश टुक्रयाउन र समाजीक सदभाव बिर्गान भूमिका भन्दै हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जनाएको छ ।
राउत संगै प्रहरीले उनका दर्जनौ सर्मथकलाई लाठी चार्ज गर्दै हिरासतमा लिएका छन् । राउत संगै रहेका उनका चार वर्षिय छोरी रेवती राउत सहित गाडी चालक रामेश्वर यादव, सहयोगि संजय सवराजी, रौतहट जिल्ला संयोजक अशोक सिंह सह–संयोजक विरेन्द्र साह, श्याम किशोर यादव, दिपेन्द्र चौधरी सहित दर्जनौ कार्यकर्तालाई हिरासतमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

राउतले भने आफु र छोरी बिरामी भएको बताएका छन् । राउतलाई हिरासतमा लिएको ले रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी र प्रर्दशनमा उत्रेका सर्मथकहरु प्रकाउ परेका हुन् । राउत प्रकाउ परेपछि स्थानीय प्रशासन राउतका सर्मथक बिच झडपको स्थिति सृजना भएपछि केहीलाई प्रहरीले हिरासतमा लिएको हो । सयकडौं को संख्यामा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीलाई लाठी चार्ज गरी तितर बितर पारेका छन् ।
बाटो बन्द गरी धर्नामा बसेका राउतका सर्मथकलाई प्रहरीले हटाउन खोज्दा झडप शुरु भएको हो । राउतका सर्मथकले प्रहरी माथि ढुगां प्रहार गर्न थालेपछि प्रहरीले समेत उनीहरु माथि समान्य लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र प्रसाद मरासीनी ले बताए ।

प्रकाउ परेका राउत सहित सर्मथकहरु संग सोध पुछ भईरहेको र उनीहरु बिरुद्ध राजद्रोहको मुदा चल्न सक्ने प्रवक्ता मरासीनीको भनाई छ । राउतलाई फौजदारी अपराध सहिताको दफा ४९ बमोजिम मुदा दायर गरिने र दफा ४९ ले सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकता माथि खलल गरे कसुर ठहरिने बेवस्था रहेको मरासीनीले बताए । देश बिखण्डनको अभिव्क्ति दिने राउतलाई राज्यले प्रकाउ पार्न नसको भन्दै सांसदमा समेत सरकारको आलोचना भईरहेको थियो ।
डा. राउतको गिरफ्तारीपछि विरोधमा उत्रेका राउतका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगाडी धर्नामा बसेर घेराउ गरेका छन् भने उनका समर्थक र प्रहरीबीच झडप हुने सम्भावना समेत बढदै गएको जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…