मिर्चैयामा सनराईज बैंकको ९५ औं शाखा विस्तार
बैंकले कृषक, व्यापारी, गरिब र विपन्नहरुलाई विशेष प्राथमिकतामा राखेको छ ।

२०७५ असोज २१ आइतबार, दिउँसो २:२२ बजे१ मिनेट पढाइ
बैंकले कृषक, व्यापारी, गरिब र विपन्नहरुलाई विशेष प्राथमिकतामा राखेको छ ।

२०७५ असोज २१ आइतबार, दिउँसो २:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सनराईज बैंक लिमिटेडले सिरहाको मिर्चैयामा नयाँ शाखा विस्तार गरेको छ । सर्वसाधारणलाई सहजताका लागि आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले बैंकले आफ्नो ९५ औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।
बैंकले कृषक, व्यापारी, गरिब र विपन्नहरुलाई विशेष प्राथमिकतामा राखेको छ । उद्घाटन समारोहमा कार्यक्रमका मिर्चैया शाखाका नायव महाप्रबन्धक अपछ कुमार यादवले यस शाखाबाट सहज र सरल रुपमा सेवा तथा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । आफ्नो सेवा क्षेत्रलाई सहरी एवं ग्रामीण तथा वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा बिस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई विषेश जोड दिने बताउनुभयो ।
बैंकका शाखा प्रमुख जैसराम यादवले सनराईज बैंक एक सवल र सक्षम बैंकिङ संस्था भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो । बैंकले आगामी दिनहरुमा पनि सम्भाव्य ठाउँहरुमा थप शाखा विस्तार गर्दै लैजाने समेत उहाँले थप्नुभयो ।
यस बैंकको मुलुक भर १०८ वटा एटिएम र ४ वटा एक्स्टेन्सन काउन्टर संचालनमा रहेको छ भने देशका विभिन्न ठाउँहरुमा २४ वटा शाखारहित बैंकिग सेवा मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव र जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोक कुमार साहले औपचारिक रुपमा बैंकको उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
५ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१८ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२१ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ२२ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा
आर्थिक ब्यूरो
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…