सुनसरीको दुहबीमा निःशूल्क शिविर, ४० जनामा मोतिया बिन्दु
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी वडा नं. ५ स्थित लायन्स क्लब अफ बिराटनगरको आयोजनामा सम्पन्न भएको निःशूल्क आँखा जाँच शिविरको क्रममा ४० जनामा मोतिाविन्दु भेटाएको हो । श्री रामलाल गोल्क्षा आँखा अस्पताल बिराटनगरको सहयोगमा सम्पन्न भएको बृहत निशुल्क मोतिया विन्दु शिविरमा जाँचको क्रममा अहिलेसम्म ४० जन

२०७५ असोज २० शनिबार, दिउँसो २:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी वडा नं. ५ स्थित लायन्स क्लब अफ बिराटनगरको आयोजनामा सम्पन्न भएको निःशूल्क आँखा जाँच शिविरको क्रममा ४० जनामा मोतिाविन्दु भेटाएको हो ।
श्री रामलाल गोल्क्षा आँखा अस्पताल बिराटनगरको सहयोगमा सम्पन्न भएको बृहत निशुल्क मोतिया विन्दु शिविरमा जाँचको क्रममा अहिलेसम्म ४० जना मोतियाविन्दुको विरामी फेला परेको हो । विहान १० बजे बाट सुरु भएको शिविर २ बजे सम्म चलेको थियो । बृहत निशुल्क मोतिया विन्दु शिविरको सह–आयोजक मारवाडी महिला मंच दुहवी रहेको छ ।
दुहबी नगरपालिका ,गढिमाई गाउँपालिका र मोरङको बुढि गाउँपालिका लगायतका आँखा सिविरमा १७४जनाको पुर्जि दर्ता मधै ४० जनाको मोतिया विन्दु फेला परेको शिवर इन्चार्ज सागर पोखरेलले बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…