औरही नगरपालिकामा लगाएको ताला प्रहरीले फोडे
मुलगेटमा लगाईएको ताला खोलिएपछि कार्यालय पूर्ववत रुपमा संचालनमा आएको हो ।

२०७५ असोज १९ शुक्रबार, बिहान ११:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । स्थानियहरुले महोत्तरीको औरही नगरपालिकामा लगाइएको ताला प्रहरीले फोडेको छ ।
नगरपालिकाको कार्यालयको मूलगेटमा लगाइएको ताला ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीको टोलिले फोडेका हुन् । विहीबार मध्यान्ह आन्दोलनारीहरुलाई हटाएर प्रहरीको टोलीले ताला फोडेको जनाइएको छ ।
आफुहरुले ताला खोलिने तयारीमा रहेको समयमा प्रहरी प्रशासनले ताला खोलेकोप्रति आन्दोलनकारीहरु विरोध जनाउँदै जनतालाई प्रत्यक्ष रुपमा सेवा दिईने कार्यालयमा तालाबन्दी गर्दा सर्वसधारणहरु प्रभावित भएको भन्दै तालावन्दी खोलि कार्यालय संचालनमा ल्याएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
मुलगेटमा लगाईएको ताला खोलिएपछि कार्यालय पूर्ववत रुपमा संचालनमा आएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…