जनकपुरधाम आईपुग्यो रेल्वे , १ महिनाभित्रै स्टेशन कार्य सम्पन्न गर्न निर्देशन
जनकपुरधामको रेल्वे स्टेशन पुरा तयार भएपछि विवाहपञ्चमीदेखि रेल्वे सँचालन गर्ने तयारी रहेको छ ।

२०७५ असोज १८ बिहीबार, दिउँसो ३:५४ बजे१ मिनेट पढाइ

कुलदीप दास , जनकपुरधाम । 'जयनगर-जनकपुरधाम-बर्दिवास' ब्रोडगेज रेल्वेलाई विहिबार जनकपुरधामसम्म सफल परीक्षण गरिएको छ ।
नेपालका लागि भारतीय राजदुत मन्दिप सिँह पुरीले जनकपुरधामदेखि कनकपट्टी हल्ट सम्म रेल्वे लिक र स्टेशनको अनुगमन तथा नीरिक्षण गरेका छन् ।विहिबार दिउँसै जनकपुरधाम आईपुगेका परीक्षण ईन्जिनमा बसेर पुरीले लिक तथा स्टेशन नीरिक्षण गर्दै एक महिनाभित्रै जनकपुरधाम रेल्वे स्टेशन पूर्णत तयार गर्न निर्देशन दिएका हुन् ।
जनकपुरधाम रेल्वे स्टेशनमा देखिएको डेकोरेशनको कमी, बगैँचा, शौचालय, लाईटिँग निर्माण कार्य अझ नभएको भन्दै एक महिनाभित्र जसरी पनि तयार गर्न ईन्जिनीयर सौरभ कुमारलाई निर्देशन दिएका हुन् ।
जनकपुरधामको रेल्वे स्टेशन पुरा तयार भएपछि विवाहपञ्चमीदेखि रेल्वे सँचालन गर्ने तयारी रहेको छ ।
यस सम्बन्धि अन्य समाचार
जयनगर बर्दिवास रेल्वे : ट्रयाक र प्लेटफर्म धमाधम निर्माण हुँदै
प्रदेश प्रमुख कायश्थ र राजदुत पुरीबीच रेल्वे निर्माण बारे चर्चा
२ महिना भित्रै रेल्वे सञ्चालन गर्न मन्त्री मनडवियाको निर्देशन !
खुसीको खवर : जयनगर-जनकपुर रेल्वे २० दिनमै जनकपुरधाम आईपुग्ने !!!
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…