सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका बृद्धको उपचारको क्रममा मृत्यु
घाईते भएको कवारीको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको थियो ।

२०७५ असोज १७ बुधबार, बिहान ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका एक बृद्धको उपचारको क्रममा मंगलवार मृत्यु भएको छ ।
गत असोज ६ गते जलेश्वर नगरपालिका २ स्थित फुल्हट्टा प्रकौली सडकखण्डमा दुर्घटनामा परेका जलेश्वर ५ का ६५ बर्षिय मलवी कवारीको मृत्यु भएको हो । कवारीको आज जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता प्रहरी नियन्त्रणमा रहेको सवारीचालक शम्भु यादव उपर ज्यान अपराधमा मुद्दा दर्ता अनुसन्धान प्रक्रिया अगाडि बढाईने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खडकाले जानकारी दिनुभयो ।गत असोज ६ गते साँझको समयमा वी आर आई पी ८१७२ नम्बरको मोटरसाईकले पैदल यात्री कवारीलाई ठक्कर दिदा उनी घाईते भएका थिए ।
घाईते भएको कवारीको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…