अरगरियालाई बरबरियाको चुनौती, ५० सैयाको लागी सहकार्य गर्नुहुन्छ ? : कान्छो मेयर
अरगरिया ज्यू आम सर्वसधारण जनतालाई पार्टीगत हिसाबले भ्रममा पारेर भडकाउन खोज्दै हुनुहुन्छ ।

२०७५ असोज १४ आइतबार, बिहान ९:२६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको डुमरियामा निर्माण भएको शहिद सूर्यनाथ रान स्मृति अस्पताललाई लिएर अहिले प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरिया र शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाबीच वाक युद्ध सुरु भएको देखिएको छ ।
यसैबीच, संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियामा निर्माण भएको उक्त अस्पताललाई जिल्ला स्तरीय अस्पताल बनाउन गोली खान समेत तयार रहेको वक्तत्व दिएको भन्दै मेयर बरबरियाले कटाक्ष गरेका छन् ।
शनिबार शहिदनगर नगरपालिका वडा नंं ९ मा स्थानीय मांशी कृषि सहकारी लिमिटेडको छैठौं वार्षिक सधारण सभामा बोल्दै बरबरियाले उक्त अस्पताललाई १५ सैयाबाट ५० सैयामा पुरयाउनको लागि सहकार्य गर्न चुनौती दिए ।
अरगरिया ज्यू आम सर्वसधारण जनतालाई पार्टीगत हिसाबले भ्रममा पारेर भडकाउन खोज्दै हुनुहुन्छ ।
अरगरिया ज्यू, देश संघीयतामा गएपछि जिल्लाको अस्तित्वमा हुँदैन, यहाँ जनकपुर अञ्चल अस्पताल २५ सैयाको मात्र छन् जो की ६ जिल्लाको लागि छ । यहाँ स्थानीय स्तरमा १५ सैया बेडको अस्पताल कमै पनि भएनन नी । जिल्ला अस्पतालको लागि तपाई गोली किन खानुहुन्छ, जाऔँ सरकार समक्ष, आउनुस हामीसँग सहकार्य गर्नुस, १५ सैयाको बेडबाट ५० सैयाको लागि पहल र सहकार्य गरौँ , तर सर्वसाधारण जनतालाई भ्रममा नपार्नुस । उनले भने ।
देश संघीयतामा गएपछि जिल्ला समन्वय मात्र हुने भएकोले जिल्ला अस्पतालको औचित्य नहुने बताउँदै मेयर बरबरियाले त्यही अस्पताललाई १५ सैयाको बेडबाट ५० सैयासम्म बनाउने प्रतिवद्धता जाहेर समेत गरे ।
उनले भने, अरगरिया ज्यू आम सर्वसधारण जनतालाई पार्टीगत हिसाबले भ्रममा पारेर भडकाउन खोज्दै हुनुहुन्छ । त्यो अस्पताल बनेपछि मैले मात्र सुविधा भोग गर्ने होईन, १५ सैयाको बेडको निर्णय तल्लोस्तरदेखि माथिल्लोस्तरसम्म भएको छ । र उहाँलाई पनि थाहा छ की त्यो अस्पताल १५ सैया बेडकै लागि पारित भएको थियो । पछि सैया थप्नेछौँ ।
जनकपुर अञ्चाल अस्पतालपछि यो जिल्लामै १५ सैया बेडको दोस्रो अस्पताल भएको दाबी गर्दै मेयर बरबरियाले उद्घाटनपछि स्तरोन्ती पनि गरिने बताए ।
यता, नेता अरगरियाले अस्पताललाई प्राथमिक स्तरबाट जिल्लास्तरमा स्तरोन्नती नगरेसम्म आन्दोलन गर्ने बताएका थिए । त्यसको लागि संघर्ष समिति समेत गठन गरिएको भन्दै जिल्लास्तरीय अस्पतालमा स्तर उन्नती नगरेसम्म आन्दोलन गर्ने बताएका थिए ।
सहकारीका उपेन्द्र यादबको अध्यक्षता एमव् नगरपालिकाका मेयर उदय कुमार बरबरियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै मेयर बरबरियाले सिपलाई श्रममा र श्रमलाई उत्पादनमा र उत्पादनलाई समृद्धिमा रुपान्तरण गर्नु पर्नेमा जोड दिए ।
डुमारियामा निर्माण भएको शहिद सुर्यनाथ राण स्मृति अस्पताललाई छिटै सँचालनमा ल्याउने आश्वासन दिँदै उनले अस्पतालको लागि केही व्यक्तिले भ्रम छिर्ने काम गरेको आरोप समेत लगाए । भ्रममा नपर्न सम्पुर्णलाई आग्रह समेत गरे ।
सहकारी धनुषाका अध्यक्ष ध्रुव नारायण यादवले, सहकारीको छैठौँ वार्षिक साधारणसभाबाट शुभकामना दिँदै आजको दिनमा सहकारी प्रत्येक वडामा पुग्नु जरुरी रहेको बताए । ज्ञान शिप भए मात्र विकास सम्भब रहेकोले छोरा छोरीलाई समयमै शिक्षा आवश्यक रहेको यादवले थपे ।
उक्त कार्यक्रममा धनुषा बचत ऋण सहकारीका अध्यक्ष ध्रुव नारायण यादव, सुपरजोन धनुषाका प्रमुख शिव रत्न शाह, वडा अध्यक्ष तनुक लाल यादव, पत्रकार, स्थानीय युवा, महिला, जेष्ठ नागरिक, सहकारीका पदाधिकारी, ग्राहकहरुको समेत सहभागीता रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…