बर्दिबास बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारण सभा सम्पन्न
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको बर्दिबासमा रहेको बर्दिबास बचत तथा ऋण सहकारी संस्था ली. को ७ औं वार्षिक साधारण सभा बिहिबार बर्दिवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा संस्थाका सचिव भवनाथ खतिवडाले संस्थाको नीति तथा कार्यक्रमको बारेमा बताएका थिए ।

२०७५ असोज १२ शुक्रबार, दिउँसो १२:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको बर्दिबासमा रहेको बर्दिबास बचत तथा ऋण सहकारी संस्था ली. को ७ औं वार्षिक साधारण सभा बिहिबार बर्दिवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा संस्थाका सचिव भवनाथ खतिवडाले संस्थाको नीति तथा कार्यक्रमको बारेमा बताएका थिए ।
उक्त कार्यक्रममा संस्थाका कोषध्यक्ष शम्भु अधिकारीले । २०७४ र ०७५ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । जस्मा संस्थाले १९ करोड ६६ लाख ११ हजार बचत संकलन गरेको छ ।
त्यसैगरी ११ करोड ३८ लाख ८५ हजार ऋण लगानी गरेको छ । संस्थाले प्रत्येक वर्ष शेयर सदस्य मध्येका २ जना जेष्ठ नागरीक, उत्कृष्ट शेयर सदस्य,ऋणी, बचतकर्ता,सामाजिक क्षेत्रमा योगदान पुर्याएका जनप्रतिनिधिलाई सम्मान तथा कदर पत्र पदान गर्दै आएको छ साथै शेयर सदस्यका जेहेन्दार छोराछोरीलाई प्रत्येक वर्ष छात्रावृत्ति प्रदान गर्दै आइरहेको छ ।
उक्त साधारण सभाले शंकर श्रेष्ठको अध्यक्षतामा ९ सदस्य पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ । जसको उपाध्यक्ष, निर्मलादेवी कार्की, सचिव, भवनाथ खतिवडा, कोषाध्यक्ष शम्भुप्रसाद अधिकारी लगाएतका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…