मिर्चैयामा मुक्तिनाथ विकास बैंकको शाखा उद्घाटन, कृषक विशेष प्राथमिकतामा
सहज र सरल रुपमा सेवा तथा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता ।

२०७५ असोज ११ बिहीबार, बेलुकी ५:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मुक्तिनाथ विकास बैंक लिमिटडले सिरहाको मिर्चैयामा नयाँ शाखा विस्तार गरेको छ । सर्वसाधारणलाई सहजताका लागि आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले बैंकले आफ्नो ९८ औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।
बैंकले कृषकहरुलाई विशेष प्राथमिकतामा राखेको छ । उद्घाटन समारोहमा कार्यक्रमका सभापति तथा मिर्चैया शाखाका प्रमुख कार्यकारी अधिकृत तारा मानान्धरले यस शाखाबाट सहज र सरल रुपमा सेवा तथा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । आफ्नो सेवा क्षेत्रलाई सहरी एवं ग्रामीण तथा वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा बिस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई विषेश जोड दिने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहनुभएका उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष तथा व्यापारी हरिशंकर साहले शुभकामना मन्तव्य दिनुहुँदै आर्थिक समृद्धि अहिले मुलुकको प्रमुख मुद्दा रहेको बताउनुभयो । उहाँले बैंक वित्तिय संस्थाले देशको समृद्धिको नारामा ठुलो योगदान पुर्याइरहेको समेत बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएका मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले मिर्चैयामा थप बैंकको शाखा संचालनमा आउनु यस भेकका सर्वसाधारणका लागि खुशीको कुरा भएको बताउनुभयो । उहाँले नगरको आर्थिक विकासका लागि बैंकसँग धेरै अपेक्षा राखेको समेत बताउनुभयो ।
बैंकका शाखा प्रमुख प्रकाश सुवेदीले मुक्तिनाथ विकास बैंक एक सवल र सक्षम बैंकिङ संस्था भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो । बैंकले आगामी दिनहरुमा पनि सम्भाव्य ठाउँहरुमा थप शाखा विस्तार गर्दै लैजाने समेत उहाँले थप्नुभयो ।
कार्यक्रममा उद्योग वाण्ज्यि संघ मिर्चैयाका अध्यक्ष हरिशंकर साह, मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव, उपमेयर जिवछी देवी साह, सशस्त्र प्रहरी वल तथा सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी नायव उपरीक्षक गेहेन्द्र भण्डारी, मिर्चैया वडा ६ का वडाध्यक्ष देवकृष्ण साह, कल्याणपुर नपा ६ का वडाध्यक्ष मोतिबुल राईन, नेपाली कांग्रेसका स्थानीय नेता सिताराम यादव, स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेबी तथा विभिन्न संघ–संस्थाका कर्मचारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…