शव जलाउने बिषयमा दुईपक्ष बिच झडप प्रहरी सहित दर्जनौं घाईते
झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३२ राउण्ड हवाईफायर गर्नु का साथै २३ राउण्ड अश्रुुग्यास प्रहार

२०७५ असोज ११ बिहीबार, बिहान ७:०९ बजे१ मिनेट पढाइ

संजय कुमार सहनी,रौतहट । रौतहटमा शव जलाउने विषयलाई लिएर गाउँलेहरु बिच झडप हुदाँ प्रहरी सहित दर्जनौं सर्वसाधारण घाईते भएका छन् । गरुडा नगरपालिका ९ श्रीपुर र गमहरिया गाँउ बिच बुधवार फेरी शव जलाउने बिषय लिएर दुईपक्ष बिच झडप भएको हो ।
श्रीपुर र गमहरिया बिच बिवादित स्थानमा एकसमुहले गरुडा ९ का ६५ बर्षिय रामपृत शहनीको शव जलाउन खोज्दा बुधवार दिउसो दुुईसमुह बिच झडप भएको प्रहरी उपरिक्षक केदार ढकालले जानकारी दिनु भयो । झडप हुँदा ५ प्रहरीसहित १७ जना भन्दा बढी घाइते भएका छन् ।
प्रहरीतर्फ पाँच जना भन्दा बढी व्यक्ति घाइते भएका छन । हवलदार सञ्जयकुमार कुर्मी, प्रहरी जवान विजय रौनियार र परशुराम साह, विश्वनाथ साह सहित पाँच जना घाइते भएका छन् । उनीहरुको टाउको र जिउमा चोट लागेको तथा उपचार गरुडामा भइरहेको प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका छविलाल सहनी, रमेश सहनी, सुरेन्द सहनी, सुनिल सहनी, शम्भु सहनीलगायतको गरुडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३२ राउण्ड हवाईफायर गर्नु का साथै २३ राउण्ड अश्रुुग्यास प्रहार गर्नुुपरेको प्रहरी उपरिक्षक ढकालले बताउनुु भयो। गाउँछेउमा रहेको चाँदी खोलामा पहिला देखि नै शव जलाउने गरेका स्थानीयलाई अर्को समूहले सो स्थानमा शव नजलाउन भने पछि दुई पक्ष बिच झडप भएको थियो ।
प्रहरी हस्तक्षेप पछि अवस्था सामान्य भएको तथा सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिए अवस्था नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केदार ढकालले बताए । घटना गराउनमा संलग्न रहेको आशंकामा स्थानीय रामप्रवेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको समेत उनले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…