'सम्झना दास' को सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन
सम्झना दास सँग घटेको यो घटना भयानक र दर्दनाक देखियो । उनको बहिनी अहिले पनि अस्पतालमा छिन् ।

२०७५ असोज १० बुधबार, बिहान १०:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।
आफ्नै घरमा सुतिरहेको बेला छिमेकमा बस्ने एक व्यक्तिले एसिड प्रहर गरि घाइते बनेकी सम्झना दासको काठमाडौँमा उपचारको क्रममा अम्रिटी भएको थियो । ज्यान गुमाएकी सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्न गौरको विपी चोकमा दिप प्रज्वलन गरिएको हो ।
मधेस मिडिया प्रा.लि.का अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा समेतको उपस्थिति रहेको थियो ।
सम्झना दास सँग घटेको यो घटना भयानक र दर्दनाक देखियो । उनको बहिनी अहिले पनि अस्पतालमा छिन् ।
दिप प्रज्वलन कार्यक्रम पश्चात बोल्दै सासंद झाले सम्झना दसलाई सरकारबाट क्षतिपूर्ति दिलाउने उद्घोष गर्दै आरोपीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गरेका थिए । झाले सम्झना दास संग भएको घट्नाले सम्पूर्ण समाजलाई नै पाठ सिक्नु पर्ने बताए । उनले कुनैपनि व्यक्तिले आफु संग गलत व्यवहार अथवा संकास्पद क्रियाकलाप गर्न खोजे नजिकको शुरक्षा निकायलाई गुहार्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामकिशोर यादवले दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका थिए । उनले दास माथि एसिड प्रहार गर्ने रामबाबु पासवानलाई पनि कडा सजाय हुनुका साथै पीडित परिवारले सरकारबाट उचित राहत उपलब्ध गराउने माग समेत गरेका थिए ।
कार्यक्रममा डा।शेख कौशर आलम, खानेपानी तथा डिभिजन कार्यालय गौरका प्रमुख अनिल प्रसाद केसरी, नेपाल तरुण दल रौतहट सभापति मो। नौशाद आलम, युवा नेता प्रकाश सिंह, समाजसेवी मिथिलेश झा, राजपा नेपालका अनिल कुमार सिंह, विवेक यादव, राकेश झा, शेख जमशैद आलम, मो. कलाम आलम, नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, युवा नेता रन्धिर सिंह, सितान्सु सिंह, लडु पटेल र संचारकर्मी दिनेश यादव लगायतको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…