महोत्तरीको मेघनाथगोरहन्नामा चोरीका सामान सहित चार प्रहरी गिरफ्तमा
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथगोरहन्ना बजार स्थित शिवगंगा ज्वेलर्स एण्ड बस्त्रालयमा चोरी गरेको आरोपमा चोरीएको सामान सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २ गते राति रामबाबु साहले संचालन गरेको पसलमा चोरी भएको थियो। चोरिको घटनामा संलग्न रहेको आरोपमा भंगहा नगरप

२०७५ असोज ७ आइतबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथगोरहन्ना बजार स्थित शिवगंगा ज्वेलर्स एण्ड बस्त्रालयमा चोरी गरेको आरोपमा चोरीएको सामान सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत असोज २ गते राति रामबाबु साहले संचालन गरेको पसलमा चोरी भएको थियो। चोरिको घटनामा संलग्न रहेको आरोपमा भंगहा नगरपालिका ७ बस्ने ४२ वर्षीय अशोक सिंह , ४० वर्षीय विजुली सदा , २२ वर्षीय राकेश पासवान र ३० वर्षीय किरण कुमारी साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तहरुले फलामे गल प्रयोग गरि पसल तोड्दै त्यहाँ रहेको नगद , सुनचाँदीका गरगहना, लत्ताकपडा चोरी गरेका थिए। पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालत जलेश्वरबाट ५ दिनको म्याद थप गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…