निर्मला प्रकरण : 'आमा अझै रुदै छिन, बलात्कारी खोज्न भन्दैछिन्' को नारा !
न्यूज ब्यूरो, काठमान्डौँ । कञ्चनपुरकी चेली निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको विरोधमा काठमान्डौँमा शनिबार वृहत रयाली प्रर्दशन गरियो । निर्मलाका निम्ती न्याय विरोध कार्यक्रम अन्तर्गत निष्ट युथ नेटवर्क सोसाइटीले शनिबार काठमान्डौँको माईतीघर मण्डलामा विरोध रयाली निकालेको थियो । युवा सञ्चालका सँस्

२०७५ असोज ७ आइतबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । कञ्चनपुरकी चेली निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको विरोधमा काठमान्डौँमा शनिबार वृहत रयाली प्रर्दशन गरियो ।
निर्मलाका निम्ती न्याय विरोध कार्यक्रम अन्तर्गत निष्ट युथ नेटवर्क सोसाइटीले शनिबार काठमान्डौँको माईतीघर मण्डलामा विरोध रयाली निकालेको थियो । युवा सञ्चालका सँस्थापक एवम् अगुवा दिवाकर उप्रेतीको अगुवाईमा २ सय बढीको सहभागितामा माईतीघर मण्डलाबाट निस्केको रयाली लैनचौरमा गएर टुङिगएको थियो ।
त्यस विरोध रयालीमा "निर्मलालाई न्याय दे, अति भो अत्याचार बढ्दै गयो बलात्कार , आमा अझै रुदै छिन बलात्कारी खोज्न भन्दै छिन" गर्दै नारा गुञ्जायमान भएको थियो । निष्ट फाउण्डेशनको सहयोगमा निकालिएको उक्त रयालीमा फाउण्डेशनबााट केशभ धामी, राजू पौडेल लगायतका युवायुवतीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…