न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको छ । विहीबार भंगहा नगरपालिका वडा नं. ८ स्थित जमुनिया चौकमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जनाको प्रहरी टोली रहने गरि अस्थाई प्रहरी चौकीको स्थापना गरिएको हो ।
विहीबार दिउँसो एक समारोहकाबीच प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्य एवम जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ईश्वर कार्कीको उपस्थितीमा कार्यालयको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अस्थापना भएपछि अहाका एस्थानिए बासिन्दाहारु सुरक्षाको अनुभुती गरेको छ । जमुनिया बजारमा बिगत मा भएको बारम्बारको चोरी,डकैती,अपहरणले यहाँ का ब्यपारी तथा स्थानियहरु तरासित थिए आब सुरक्षा पाय पछि बैंक तथा पसल सन्चालन गर्न सहज भएको स्थानीय ब्यपारी भंगहा नगरपालिका ४ थारू टोल का मकसुदन मिश्रले बताए ।
२०७५–०५–२३ मा भंगहा नगरपालिका ४ मा अर्जुन श्रेष्ठको घरमा करिब १० लाखको चोरी,डकैती भएको थियो तो घटनामा सगलङ रहेका प्रहरी माथी करवही गर्न आन्दोलन गरेर जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझएका थिए । १२दिन बेते पनि कर्वाही नभए पछि बिज्ञान,प्रबिधि तथा शिक्षा मन्त्री गिरिराज मनिपोखरेल लाई एक समारोह बिच स्थानीयहरुले जानकारी गराएको बर्दिवास नगरपालिका १२ जुरी टोलका ब्यापारी मेथल दासले जनाए ।
पछिल्लो समयमा आएर सो स्थानमा चोरी डकैती एवम लुटपाटको घटनामा वृद्धि भएपछि स्थानियहरुको माग अनुसार सो स्थानमा प्रहरी पोष्टको स्थापना गरिएको प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खडकाले जानकारी दिनुभयो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…