महोत्तरीमा एक बन्दीको कारागारमै मृत्यु
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको कारागारकामा एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कार

२०७५ असोज ४ बिहीबार, दिउँसो ३:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको कारागारकामा एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिए ।
हिजो बेलुका एपेन्डिसाइट्सका कारण पेट बेस्सरी दुखेपछि उनलाई तत्कालै जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारको क्रममा बुधबार राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।
महोत्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाअन्तर्गत २०७४ साउन १६ गते उनलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएकोमा उनी सोही बेलादेखि बन्दी जीवन बिताउँदै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…