संविधान जलाउदै रौतहटमा प्रर्दशन, सिके राउतका ३२ कार्यकर्ता पक्राउ !
नेपालको संविधान २०७२ जारी भएका असोज ३ गते धुमधामका साथ मनाउने तयारी संघीय सरकारले गरिरहेका बेला राजपाले कालो दिनको रुपमा बनाएर कालो दिवस मनाएका छ्न ।

२०७५ असोज ३ बुधबार, राति १०:४२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । देशको लागि जारी संविधानप्रति असहमति जनाउदै आएका राष्ट्रिय जनता पार्टी नेपालले बुधवार सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेको छ ।
संबिधान जारि भएको दिन अशोज ३ गते कालो दिवस मनाउने पुर्ब घोषित कार्यक्रम अनुसार रा ज पा ले बिरोध प्रदर्शन गरेको हो । सदरमुकाम गौरमा राजपा नेपाल रौतहटले संविधान दिवसलाई विरोध गर्दै “कालो दिवस्” मनाएको हो रौतहटको केही स्थानीय तहमा नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरुले आज सदरमुकाम गौरमा वर्तमान सरकार मुर्दाबाद अधुरो संविधान मूर्दाबाद, अविलमब संविधान संसोधन गर भनेर नारा वाजी गर्दै नगर परिक्रममा गरी मधेशी क्रान्ति चौकमा कोण परिणत गरेको हो ।
नेपालको संविधान २०७२ जारी भएका असोज ३ गते धुमधामका साथ मनाउने तयारी संघीय सरकारले गरिरहेका बेला राजपाले कालो दिनको रुपमा बनाएर कालो दिवस मनाएका छ्न ।
राजपाका केन्द्रीय अध्यक्ष मण्डलको बैठकले मधेसका जिल्लामा मात्र सिमित नभई अन्य प्रदेशमा पनि संविधान दिवसको दिन विरोधका कार्यक्रमहरु गरिएको छ । रौतहटमा भएको बिरुध प्रदर्शन पछि आयोजित कोण सभालाइ सम्बोधन गर्दै प्रदेश नम्बर २ का राज्य मन्त्रि सुरेश मण्डलले संबिधानमा आफुहरुको व्यापक अशन्तुष्टी रहेकोले संबिधान संसोधन नभए सम्म आफुहरुले कालो दिन मनै रहने बताउनु भएको छ ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जिल्लामा परिपत्र जारी गरी असोज ३ गते विरोध प्रर्दशनका साथै साँझ सात बजेदेखि सवा सात बजेसम्म बत्ति निभाएर ‘ब्ल्याक आउट’ डे मनाउने निर्देशन दिइएको थियो ।
राजपा नेपालले तीनै तहको निर्वाचनमा सहभागी भई प्रदेश २ को सरकारको नेतृत्व समेत गर्दागर्दै पनि संबिधान दिवसका दिन कालो दिननै मनाउँदै आईरहेका छन। यसै बिच राजपाले जनताको भावना अनुरुप संविधान संशोधन होस् भन्ने अभिप्रायले नै विरोधको कार्यक्रमलाई परिर्वतन गरि सत्ताबाट पनि दबाब सिर्जना गरिराखेको राजपा नेपालबाट निर्वाचित भएका प्रदेश नंबर २ का प्रदेश सभा सदस्य बाबुलाल साहले जनाएको छ।
बिधायक साहले भने “ यो संबिधान मधेश बिरोधि संविधान हो। यो संबिधानलाई मधेशी जन्ताले अस्विकार गरेका छन। जब सम्म यो संबिधान मधेसीका चाहाना अनुसार संशोधन हुदैन तब सम्म हामीले यो संबिधान मान्ने छैनौं। ” संविधान दिवसको दिन हामीले काला दिनकै रुपमा मनाउने छौं । सो बिरोध रैलीमा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको तर्फबाट गौरका मेयर अजय गुप्ता, उपमेयर किरण ठाकुर, अनिल सिंह, रामपरवेस दास सहित जिल्ला कार्य समिति रौतहटका हजारौं हजारको संख्यामा नेता तथा कर्याकर्ताहरुको सहभागिता रहेको थियो ।
विरोध कार्यक्रम पश्चात तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय युवा नेता ललित मल्लि सानुको नेतृत्वमा जारी संविधानको प्रतिलिपी जलाईएको थियो ।
रौतहटको सदरमुकाम गौरमा पनि सिके राउतका ३२ कार्यकर्ता पक्राउ
रौतहटको सदमुकाम गौरबाट बुधवार स्वतनत्र मधेस गठबनधनका कार्याकर्ताहरु पक्राउ परेका छन् । संविधान जारी भएको आज असोज ३ गते लाई कालो दिनको संज्ञा दिदै नाराबाजी र प्रर्दशनमा उत्रेका स्वतन्त्र मधेस गठबन्धनका संमयोजक उवं अभियनता डा। सिके राउतको ३२ जना कार्यकर्तालाई रौतहट प्रहरीले हिरासतमा लिएको छ ।
जिल्लाको शिवनगर, गरुडा र सदरमुकाम गौरको विभिन्न ठाउँमा प्रर्दशन गर्ने हरुलाई पक्राउ गरिएको जिल्ल प्रहरी गौरले जनाएको छ । पक्राउ पर्ने जिल्ला संयोजक अशोक सिंह,सह– संयोजक विरेन्द्र साह, श्याम किशोर यादव, चनदन सिंह, बिनय बमाृ, रामेश्वर यादव, विजय कुमार साह, अखलेन्द्र यादव, नन्द किशोर यादव, लालबाबु यादव, राजकुमार यादव, सहित ३२ जना हिरासतमा छन् ।
जारी संविधान २०७३ मधेसीको हक अधिकार लाई कुण्डित हुने गरी बनाइएको ले खारिज हुनुपर्ने, मधेस छुट्टै देश हुनुपर्ने जस्ता माग सहित चर्को नारा बाजी गर्दै राउतका कार्यकर्ताले गौरमा प्रर्दशन गरेपछि पक्राउ गरिएको हो ।
उनीहरुलाई माथिको निर्देशन अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने एस।पी। केदार ढकालले जानकारी दिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…