धनुषाबाट करिब १६ किलो गाँजा सहित एक जना पक्राउ !
पक्राउ परेका थारु उपर अनुसन्थान थालिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

२०७५ असोज २ मंगलबार, दिउँसो १:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा पौने १६ किलो गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउँसो करिब १ः५० बजेको समयमा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पैदलयात्र चेकजाँचको क्रममा उक्त परिमाणको गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ९ बडहरी स्थित पूर्व पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा पैदल यात्रीहरुलाई समेत चेकजाँच गर्दा १५ किलो ७ सय १० ग्राम लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
राजमार्गमा सवारीहरुमा लुकीछिपी लागुऔषधको ओसारपोसार बढेपछि प्रहरीले निगरानी बढाएको छ ।
प्रहरीका अनुसार, पश्चिमबाट आएको सवारीको नम्बर नखुलेकोे बसबाट एक जना व्यक्तिले २ वटा प्लाष्टिकको बोरा सामान झारी रोडको साईडमा राखी एउटा प्लाष्टिकको बोरा काँधमा बोकी र अर्को प्लाष्टिकको बोरा घिसार्दै तराई निजी बन कार्यालय तर्फको बाटो भई बडहरी खोला तर्फ जाँदै गर्ने क्रममा शंकाको आधारमा उक्त परिमाणको गाँजा पक्राउ गरिएको हो ।
गाँजासँगै गाँजा बोक्ने प्रदेश नं. २ को पर्सा जिल्ला सखुवा प्रसौनी गा.पा. वडा नं. १ बस्ने वर्ष ५९ को बासुदेव प्रसाद महतो थारुलाई पक्राउ गरिएको हो । प्लाष्टिकको बोरा खान तलासी गर्दा प्एक् लेखेको सेतो प्लाष्टिकको बोरा खोली भ्याण्टाहरुको साथ लुकाई छिपाई राखेको कलेजी रङ्गको चारपाटे प्लाष्टिकको २ थान पोकामा लागु औषध गाँजा रहेको फेला परेपछि तौल गर्दा दुवै पोका गरी १५ किलो ७१० ग्राम तौल भएको बताइएको छ ।
प्रहरीका अनुसार, पश्चिमबाट आएको सवारीको नम्बर नखुलेकोे बसबाट एक जना व्यक्तिले २ वटा प्लाष्टिकको बोरा सामान झारी रोडको साईडमा राखी एउटा प्लाष्टिकको बोरा काँधमा बोकी र अर्को प्लाष्टिकको बोरा घिसार्दै तराई निजी बन कार्यालय तर्फको बाटो भई बडहरी खोला तर्फ जाँदै गर्ने क्रममा शंकाको आधारमा उक्त परिमाणको गाँजा पक्राउ गरिएको हो ।
यता, पक्राउ परेका थारु उपर अनुसन्थान थालिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…