मण्डल सेवा आश्रमद्धारा पनि शहिद कामेश्वर कुशेश्वरको स्मृति दिवस मनाइयो
न्यूज ब्यूरो, धनुषा । विद्यार्थी आन्दोलनका शहिद कामेश्वर कुशेश्वको ४६ औँ स्मृति दिवस मनाइएको छ । धनुषाको यदुकूहामा वि.स. २०२९ साल असोज १ गतेका दिन प्रहरीको गोली लागेर कामेश्वर कुशेश्वर शहिद भएका थिए । शहिदद्धयको स्मृतिमा धनुषाको हडवारामा समेत उनको शालिकमा माल्यार्पण गरी मण्डल सेवा आश्रमले स्मृति दिव

२०७५ असोज २ मंगलबार, बिहान १०:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । विद्यार्थी आन्दोलनका शहिद कामेश्वर कुशेश्वको ४६ औँ स्मृति दिवस मनाइएको छ । धनुषाको यदुकूहामा वि.स. २०२९ साल असोज १ गतेका दिन प्रहरीको गोली लागेर कामेश्वर कुशेश्वर शहिद भएका थिए ।
शहिदद्धयको स्मृतिमा धनुषाको हडवारामा समेत उनको शालिकमा माल्यार्पण गरी मण्डल सेवा आश्रमले स्मृति दिवस मनाएका छन । सोमबार शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राम एकवाल मण्डलको अगुवाईमा स्मृति दिवस मनाइएको हो ।
कामेश्वर कुशेश्वरको बलिदानको बारेमा प्रकाश पार्दै अध्यक्ष मण्डलले शहिदप्रति श्रद्धाञ्जली अर्पण गरे । स्मृति कार्यक्रममा स्थानीय तह चुनावमा उक्त वडाका अध्यक्ष प्रत्यासी उमेश निराला सहित संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…