सर्लाहीमा दुई बेवारिसे शव फेला, बसले लियो एकको ज्यान
तीनवटै शवलाई सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा पोष्टमार्टमका गरिएको छ ।

२०७५ भदौ ३१ आइतबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लामा पर्ने बागमती नगरपालिका अन्तर्गत छुट्टाछुट्टै स्थानमा दुई पुरुषको बेवारिसे शव फेला परेका छन् । बागमती नगरपालिकाको वडा नम्बर १२ स्थित पूर्व–पश्चिम राजमार्गको बीचमा पर्ने बागमती पुलभन्दा केही दक्षिण खोला किनारमा एक शव फेला परेका हुन् ।
शव कुहिएकाले पहिचान गर्न समस्य र गाह्रो भएको ईलाका प्रहरीले जनाएका छन । त्यस्तै बागमती नगरपालिका वडा नम्बर(३ ढुंगे्रखोला बीच लालीगुराँस वन क्षेत्रमा बेवारिसे शव फेला परेका छन । करिब ४५ वर्षीय पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जनाएका छन् ।
यसैबीच, नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत लक्ष्मीपुरकोद्राह चौकमा शनिबार बिहान यात्रुबसले किचेर एक जनाको ज्यान गएका छन् ।
सर्लाहीको सदरमुकाम मलंगवाबाट वीरगञ्जका लागि छुटेको ना. २ ख ४५०८ नम्बरको दाइभाई ट्राभल्सले किच्दा हरिपुर नगरपालिका वडा नम्बर(५, लक्ष्मीपुरका ३० वर्षीय आवास मन्सुरको ज्यान बसले किचेर भएका छन् ।
बिहान साँढे ६ बजेतिर बसमा चढ्न खोज्दा ढोकामा भिड रहेकाले धक्का लाग्दा खुट्टा चिप्लिएर लडेपछि मन्सुरलाई पछाडिपट्टिको चक्काले किचेको बताइएका छन । बस र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय हरिपुरले जानकारी दिए ।
तीनवटै शवलाई सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा पोष्टमार्टमका गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…