पप्पुले पूल नबनाउँदा रौतहट र सर्लाहीका जनतालाई सास्ती, भारतीय सडक र पुलको भर !
२०६९ साल भदौ १० गते सर्लाहीको मानपुरबाट रौतहटको गम्हरिया पर्साको लक्ष्मीपुर आउँदै गरेको डुंगा दुर्घटना भएको थियो ।

२०७५ भदौ २८ बिहीबार, बिहान १०:०७ बजे६ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहटको दुई ठूला नदी बागमती र बकैयाको विभिन्न ठाउँको पुल निर्माण कार्य सम्पन्न नहुदा जिल्लावासिलाई सास्ती भइरहेको छ । मूख्य गरी बकैयामा एक र बागमती नदीको एकै चोटि चार वटा पुल निर्माधिन अवस्थामा रहेको छ । पुलहरुको निर्माण कार्य समयमा नहुँदा रौतहट र सर्लाहीका जनता डुंगा कै भरमा नदी तर्दै जोखमिपूर्ण यात्रा गरी एक जिल्लाबाट अर्को जिल्लामा आवतजात गर्न बिबस छन् ।
मोटरसाइकल, साइकल, डुंगा राखेर यात्रा गरिएपनि चार पांग्रे सवारी साधन घुमाउरो बाटोबाट एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गराउन घण्टौं लाग्ने अवस्था छ । रौतहटको सदरमुकाम गौरको टिकुलिया घाट स्थितको बकैया नदीको पुल, दुर्गा भगवती गाउँपालिकाको बडहर्वा र पिप्रा घाटको पुल, गढिमाई नगरपालिकाको सिंगारमन र समनपुर घाटको पुल गरी जम्मा ५ वटा पुल निर्माणधिन छन् । गौर नगरपालिकाको टिकुलिया घाटको पुल निर्माणको लागि २०७१ साल अषाढ २६ गत पप्पु कन्स्ट्रक्शनले सम्झौता गरेको थियो । २४२ मिटर लामो र ७ वटा स्परले बनेको सो पुल २०७४ अषाढ २५ गते सम्म तयारी हुनुपर्ने थियो तर हालसम्म पिलर मात्र तयार गरिएको छ ।
१४ करोड १३ लाख २७ हजार १ सय ५० मा निर्माणको ठेक्का लिएका पप्पुलाई सम्झौता अनुसार काम किन नगरेको भन्दै सम्बन्धित निकायले पत्रचार गरेपनि ठेक्केदार कानमा तेल हाली सुतेको अवस्था छ । जसबाट रौतहटको गौर नगरपालिकाबाट क्षेत्र नं। २ मा पर्ने बन्जरहा, बलुवा, औरैया, बैरिया सहित बारा पर्सा जिल्ला पुग्न दैनिक ओहोर दोहोर गर्ने हजारौं जनताको यात्रा नै कष्टदर र जोखिमपूर्ण छ ।
अर्कोतिर दुर्गा भगवती गाउँपालिकाको बडहर्वा घाटको पुल समयमै नबन्दा सर्लाही र रौतहटको जनताको दुरी बागमतीले बढाएको छ । २०६७ साल जेठ ३१ मा निर्माण सम्झौता भएर २०७० साल जेठ ३० सम्म बनाइसक्नुपर्ने बडहर्वाका पुल अझै अधुरै छ । बागमतीले धार परिवर्तन गरेको बहाना गर्दै हुलाकी सडक योजनाले बन्द गरेको पुलको काम शुरु हुन सकेको छैन् । पुल नबन्दा सर्लाही रौतहटका दुई दर्जन गाउँका जनताहरु दुख कष्ट झेलिरहेका छन् । कतिपय डुंगाको सहाराले आवतजावत तथा खेतबारीमा जान निरिह छन् भने कति त रौतहटबाट सर्लाही जान भारतको बाटोको प्रयोग गर्न बाध्य छन् ।

पुल निर्माण रोकिएको वर्षौ बितिसक्दा पनि कम्पनीले काम सुचारु नगर्दा जनता आक्रोशित छन् । ठेकेदारले अबको केहि दिन मै पुनः काम शुरु हुन्छ काम भनेको ६ महिना बितिसक्दा पनि काम शुरु नगराएको गाउँपालिकाका अध्यक्ष अरुण साहले बताए । फोन गर्दा यो महिनामा काम शुरु हुन्छ, त्यो महिनामा काम शुरु हुन्छ भन्दै आलटाल गर्दै ठेकेदारले आफुहरुलाई वर्षै देखि समय दिइरहेको तर काम शुरु नगराएको भन्दै अब चुप लागेर नबस्ने समाजसेवी मुकेश साहले आक्रोश ब्यक्त गरे ।
बडहर्वा घाट भन्दा ५ किलोमिटर उत्तर पिपरा बजार नजिक पनि बागमती मै पुल बन्न थालेको छ तर पुल निर्माणको गति सुस्त रहेको स्थानीय वडा अध्यक्ष डिके झा बताउँछन् । झाको अनुसार नदीमा पानीको बहाव बढेपछि हाल काम रोकिएको छ । पुलको गुणस्तरको सन्दर्भमा कुरा गर्दै झाले पुलको काम गुणस्तरहिन भइरहेको तर सम्बन्धित निकाय कुनै चासो नदिएकोले आफुहरु दुखित भएको बताएका छन् ।
यसै गरी पिपरा बजार भन्दा करिब ८ किलोमिटर उत्तर गढीमाई नगरपालिका वडा नं. ७ सिंगारमन घाटमा निर्माणधिन पुलको काम पनि सुस्त देखिएको छ । समयमै पुल सक्न आफुले निरन्तर दबाब दिदा पनि ठेकेदारले कुनै वास्ता नगरेको नगरप्रमुख श्याम यादव बताउँछन् । सोहि नगरपालिकाको समनपुर घाट स्थित निर्माण भइरहेको पुल पनि अधुरै छ । सम्झौता अनुसार पुल बनाएर सक्नुपर्ने म्याद चैतमै सकिएको हो ।तर पुनः म्याद थपेर २०७५ फागुन सम्म पुर्याइएको निर्माण कम्पनीको सुपरभाइजर हरि उपाध्यायले बताए । ती सबै पुल निर्माण कम्पनीको बदमासि र सरकारी पक्षको ढिलासुस्ती, निगरानी र खोजबिन नहुनुबाटै अलपत्रमा परेको नेकपाको युवा नेता शम्भु शाह बताउँछन् ।
जनतालाई भारतीय सडक, पुल र डुंगाको भर


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…