पूर्वी धनुषाको दर्जन बढी गाउँ लाल्टिन र टुकीको भरमा , नेता अरगरियाको बोली फुस्स्स ...
कमला नदि छेउमा रहेको सिंग्याही मडानको लागि भने ३ दिनभित्र टेन्डर निकाल्ने आश्वासन ७ महिना अघि नै अडगरियाले दिएका थिए ।

२०७५ भदौ २७ बुधबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको पूर्वी क्षेत्रका दर्जन बढी गाउँका बासिन्दाहरु अहिले पनि लाल्टीन र टुकीको भरमा जीवन बिताइरहेका छन् । धनुषाको पूर्वी भेगकमा अहिले पनि हजारौँ जनता बिजुलीको पहुँचबाट टाढै बसेका छन् ।
धनुषाको कमला नगरपालिकाको दुबरकोट, हथलेटवा, हथमुण्डा, सिँयाही मडान, लक्कड, हरिने , जागिरटोल , सखुवा , टरियालक्कर , सुकठौर , मंगराहा नयाटोल टोलहरुमा अहिलेसम्म पनि टुकीको भरमा सर्वसाधारणहरु जीवन बिताइरहेका छन् ।
धनुषाको पूर्वी क्षेत्र तथा धनुषा र सिरहा जिल्ला जोडने कमला नदि छेउ सहित जनकपुरभन्दो केही किलोमिटर मात्र दुरीमा रहेको विभिन्न गाउँहरुमा अहिले पनि बिजुली पुग्न सकेको छैन् ।
नेता अरगरियाको बोली फुस्स
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतीनिधि सभा सदस्य उमा शँकर अरगरियाको आश्वासन बोलीमै सीमित हुँदा जनताहरुले अरगरियाको बोली पनि फुस्स भएको बताउँछन् ।
केही महिना अघि नेता अरगरियाले कुनै कुनै टोलको लागि विद्युतिय पोल तथा तार जडान भईसकेको भन्दै अबको डेढ महिनाभित्रै विजुली बल्ने आश्वासन दिइएको न्यूज ब्यूरोसँग भनेका थिए ।
उनले विद्युतका हाकीमले दुबरकोट, हथलेटवा, हथमुण्डामा डेढ महिनाभित्रै विद्युत पुरयाउने उदेश्य रहेको र समयभित्रै जनताले विद्युत उपभोग गर्न पाउने छ । मिटरको समस्या मात्र भएकोले मिटर आएपछि वितरण गरेलगत्तै बिद्युत बल्न थाल्ने छ भनेर आश्वासन दिएको बताएका थिए ।
यस्तै, कमला नदि छेउमा रहेको सिंग्याही मडानको लागि भने ३ दिनभित्र टेन्डर निकाल्ने आश्वासन ७ महिना अघि नै अडगरियाले दिएका थिए । गत मार्च २४ तारिखमा अडगरियाले तोकिएको समयभित्र उदेश्य पुरा नभए जनता आन्दोलित हुनेछ र आफू स्वयं आन्दोलनको नेतृत्वकर्ता हुने बताएका थिए । तर अहिले सम्म उनीहरुले विजुलीको पोल पनि पाउन सकेको छैनन् ।
यस सम्बन्धीत पहिलो समाचार
यी गाउँहरुमा अझ पुगेन बिजुली, पारामा "उमाशँकर अडगरिया"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…