यी गाउँहरुमा अझ पुगेन बिजुली, पारामा "उमाशँकर अडगरिया"
न्युज ब्यूरो || जनकपुरधाम, १० चैत्त । धनुषाको पूर्वी भेगकमा अहिले पनि लाखौँ जनता बिजुलीको पहुँचबाट टाढै बसेका छन् । धनुषाको पूर्वी क्षेत्र तथा धनुषा र सिरहा जिल्ला जोडने कमला नदि छेउ सहित जनकपुरभन्दो केही किलोमिटर मात्र दुरीमा रहेको विभिन्न गाउँहरुमा अहिले पनि बिजुली पुग्न सकेको छैन् । अहिलेसम्म बिज

२०७४ चैत १० शनिबार, राति १०:१९ बजे१ मिनेट पढाइ
न्युज ब्यूरो ||
जनकपुरधाम, १० चैत्त । धनुषाको पूर्वी भेगकमा अहिले पनि लाखौँ जनता बिजुलीको पहुँचबाट टाढै बसेका छन् ।
धनुषाको पूर्वी क्षेत्र तथा धनुषा र सिरहा जिल्ला जोडने कमला नदि छेउ सहित जनकपुरभन्दो केही किलोमिटर मात्र दुरीमा रहेको विभिन्न गाउँहरुमा अहिले पनि बिजुली पुग्न सकेको छैन् ।
अहिलेसम्म बिजुली नपुगेको भन्दै धनुषा क्षेत्र नं. २ का एमपी प्रतिनीधिसभा सदस्य उमा शँकर अडगरियाले चासो लिएका छन् ।
शनिबारनेपाल बिधुत प्राधिकरणका क्षेत्रीय डाईरेक्टर ओम प्रकाश महतो र नेपाल विद्युत कार्यालय जनकपुर वितरण केन्द्र का प्रमुख सुर्य नारायण मण्डलसँग भेट गर्दै बिजुली नभएको स्थानमा शिघ्र बिजुली जडान गर्नुपर्ने भन्दै पहल थालेका छन् ।
धनुषाको कमला नगरपालिकाको दुबरकोट, हथलेटवा, हथमुण्डा, सिँयाही मडान, लक्कड, हरिने , जागिरटोल , सखुवा , टरियालक्कर , सुकठौर , मंगराहा नयाटोल टोलहरुमा अहिलेसम्म पनि टुकीको भरमा सर्वसाधारणहरु जीवन बिताइरहेका छन् ।
कुनै कुनै टोलको लागि विद्युतिय पोल तथा तार जडान भईसकेको भन्दै अबको डेढ महिनाभित्रै विजुली बल्ने आश्वासन दिइएको अडगरियाले न्यूज ब्यूरोसँग भने ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…