विदेहले मनायो निजामति दिवस
राम्रो काम गर्ने कर्मचारीलाई अर्को वर्ष देखि सम्मान गर्ने र गलतकाम गर्नेलाई दण्ड सजाय गर्ने चेतावनी ।

२०७५ भदौ २३ शनिबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । ‘नतिजामूखि प्रशासनः समृद्धि र सुसाशन’ भन्ने नाराका साथ विदेह नगरपालिले निजामति दिवस मनाएका छन् ।
नगरपालिकाका उप प्रमुख निलम देवी मण्डलले राष्ट्रसेवक कर्मचारीले इमानदारीपुर्वक काम गरी जनतालाई सेवा दिनु पर्नेमा जोड दिनु भयो । राम्रो काम गर्ने कर्मचारीलाई अर्को वर्ष देखि सम्मान गर्ने र गलतकाम गर्नेलाई दण्ड सजाय गर्ने चेतावनी दिनुभयो ।
‘कर्मचारी जनताका नोकर हुन्, जनताले तिरेका करले हामीले तलब पाएका छौं’ त्यसकारण जनता ल्याएका काम तत्काल गरेर सहयोग गर्न मातहतका कर्मचारीहरुलाई नगरापालिकाका प्रमुख प्रसासकिय अधिकृत दीनबन्धु सुवेदी आग्रह गर्नु भयो ।
"म आएको दुई महिना भयो तर कतिपय काममा जनता अझै सम्म अल्झिरहेको गुनासोहरु आईरहेको र यस्ताकार्य तत्काल रोक्नु पर्ने भन्दै उहाँले सचेत गराउनु भयो ।
नियम कानुन अनुसार हुनुपर्ने काम यथाशिघ्र गर्नु पर्ने र नमिल्ने काम सम्झाई बुझाई सेवा दिने भन्दै कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्ष, स्थानीय कर्मचारीको उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…