रौतहटका असिना पिडितहरुद्धारा राहतको लागि गृहमन्त्रीलाई ज्ञापन
स्थानीय प्रशासनबाट ४८५७ घर परिवारलाई असिनाबाट क्षति भएको विवरण गृह मन्त्रालयमा पठाइएको !

२०७५ भदौ २३ शनिबार, बिहान ८:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटका पूर्वी क्षेत्रमा पर्ने दुर्गा भगवती गाँउपालिकाका असिना पिडित जनताहरुले जिल्ला प्रशासन रौतहट मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
पिडित जनताहरुले महिनौं दिन वितिसक्दा पनि राज्यबाट अहिले सम्म उचित राहत नपाउदा मर्कामा परेका भन्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल मार्फत शुक्रवार गृह मन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।
गत चैत १६ गते विहान विनाशकारी असिनापानीबाट दुर्गा भगवती गाउँपलिकाको वडा नम्वर ३ सबै भन्दा बढी प्रभावित भएका थिए ।
असिनापानीबाट प्रभावित भएका बस्तीमा स्थानीय प्रहरी प्रशासनबाट अनुगमन कार्य गरिएपनि हाल सम्म असिनाबाट क्षति भएका जनताहरुलाई राज्यबाट उचित सम्बोधन समेत नहुनु अति नै अमानविय कार्य भएको हुँदा मत्सरीका जनताहरु नेपाल सरकारको गृह मन्त्रीको ध्यानाकर्षण गराउनका लागि आज प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाइएको पिडित जनताहरुको भनाई छ ।
वडा नम्वर ३ का अध्यक्ष धर्मेन्द्रकुमार झा (डिके) को नेतृत्वमा आज सयौं महिला तथा पुरुषहरु जिल्ला प्रशासन कार्यालय गौरमा गएर प्रमुख जिल्ला अधिकारी समक्ष आफनो पिडा पोख्दै गृह मन्त्रीलाई प्रजिअ मार्फत ज्ञापन पत्र बुझाए ।
वडाध्यक्ष झाले ६ महिना भन्दा बढि समय वितिसक्दा पनि पिडित जनताहरुलाई क्षतिपुर्तीको त कुरा छाडौ राहत समेत उपलब्ध गराउन नसक्दाको पिडा कस्तो हुन्छ उनले भने । नेपाल सरकारबाट यथाशिघ्र असिनापिडित जनताहरुलाई उचित राहतको साथै नष्ट भएका गहु बाली, दलहन, तेलहन वाली सहित क्षतिग्रस्त भएका खपडाको घरको छानो मर्मत गर्नका लागि अबिलम्ब क्षतिपूर्ती पाउनुपर्ने माग उनले गरे ।
६ महिना अघि विनाशकारी बाढीमो मार खेप्न विवश भएका दुर्गा भगवती गाउँपालिकाको बासिन्दाहरुलाई असिनापानी त झनै बज्रपात खसिदा तहसनहस भएपनि राज्यबाट कुनै वास्ता नहुँदा यहाँका बासिन्दाहरु आक्रोशित भएको हुँदा यथाशिघ्र सम्बोधन गरेर क्षतिपुर्तीको व्यवस्थापन गराउनुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले असिनाबाट सबै भन्दा बढि प्रभावित दुर्गा भगवती गाउँपालिकाको मत्सरी भएका थिए र स्थानीय प्रशासनबाट ४८५७ घर परिवारलाई असिनाबाट क्षति भएको विवरण गृह मन्त्रालयमा पठाइएको हुँदा चाँडै माथिबाट टुंगो लागेर आउने बताए ।
माथिबाट राहत एवं क्षतिपुर्ती आएमा सिधा गाउँपालिकाको खातामा पठाएर नामावली अनुसार राहत पाउने व्यवस्पन गरिने समेत उनले प्रष्ट पारे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…