सिरहा–१ मा काँग्रेसका गिरि विजयी
सिरहा, २५ मंसिर : सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी हुनुभएको छ । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गर्नुभयो । यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा (एमाले

२०७४ मंसिर २५ सोमबार, दिउँसो १:४४ बजे१ मिनेट पढाइ

सिरहा, २५ मंसिर : सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी हुनुभएको छ ।
गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गर्नुभयो ।
यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का अशोक यादव विजयी हुनुभएको छ । उहाँले ११ हजार ११० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका राजु गुप्ताले १० हजार ६०८ मत प्राप्त गर्नुभयो ।
यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…