जनकपुरमा हतियारसहित एक समातिए
महोत्तरी निवासी वकिलटोलमा भाडा लिएर बस्दै आएको उक्त व्यक्तिलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७५ भदौ २१ बिहीबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा हतियारसहित एकजना पक्राउ परेको छ । एक पेस्तोल र २ म्याग्जिन सहित एकजना पक्राउ परेको हो ।
जनकपुरधामको वकिलटोल वडा नम्बर—१ बाट बुधबार राति करिब ९ बजे एकजना हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
महोत्तरी निवासी वकिलटोलमा भाडा लिएर बस्दै आएको उक्त व्यक्तिलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विदेश पठाउने एजेन्टको काम गरिरहेका उक्त व्यक्तिको सँग बाट एक थान पेस्तोल र २ टा म्याग्जिन बरामद भएकोे तथा थप अनुसन्धान भइरहेको जिप्रका धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…