कटहरिया नपाका कार्यवाहक मेयर उपर अनियमितताको धब्बा, बहुमतले निलम्बनको सिफारिस
लाखौं रुपैया अनियमितता गरी अनावश्यक रुपमा कार्यालयलाई लथालिंग बनाएको भन्दै निजलाई निलम्बन गर्न बहुमतले सम्बन्धित निकायमा पत्राचार गरेका हुन् ।

२०७५ भदौ २१ बिहीबार, बिहान १०:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । कटहरिया नगरपालिकाको कार्यवाहक मेयर नुरजहाँ खातुनलाई निलम्बन गरेर छानविन गरी कारवाही गर्नका लागि कार्यपालिकाको बहुमत पदाधिकारीहरुले बुधवार निर्णय गरेका छन् ।
कार्यपालिकाको हिजो बसेको बैठकबाट कार्यवाहक मेयर खातुनले लाखौं रुपैया अनियमितता गरी अनवाश्यक रुपमा कार्यालयलाई लथालिंग बनाएको हुँदा निजलाई निलम्बन गरेर छानविन गरी कारवाही गर्न कार्यपालिकाको बहुमत सदस्यले हस्ताक्षर गरी सम्बन्धित निकायमा पत्राचार गरेका हुन् ।
विहान कार्यपालिकाको वैठक कार्यवाहक मेयर खातुनको अध्यक्षतामा बसेर उपस्थिति पनि जनाएको तर कार्यवाहक विरुद्ध नै लाखौं रुपैया भ्रष्टाचार गरेको प्रस्ताव वहुमत सदस्यहरुले ल्याउन थाल्दा बैठक छाडी खातुन बाहिरिएपछि १८ जनाको कार्यपालिका बोर्ड मध्ये १४ जनाले हस्ताक्षर गरी कारवाहीको लागि पत्राचार गरिएको वडा नम्वर ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताए ।
कार्यवाहक मेयर नुरजहाँ खातुनले अगामी परिषद कसरी गर्ने वारे कार्यपालिकाको वैठक बोलाइएको र हामी बैठकमा उपस्थिति गरेर छलफल गरिरहदा प्रदेश साँसद कुण्दन कुश्वाहा सहितका सयौं व्यक्तिहरु नगरपालिकालाई कब्जामा लिएर बलजफती खातुनलाई कारवाही गरिनुपर्ने भन्दै बन्दुकको बलमा सदस्यहरुलाई डराएर अनियमितता गरेको भन्दै कारवाहीको पत्र लेख्न लगाएको घटना प्रति आफू छुब्ध भएको छु उनले भने ।
प्रदेश साँसद कुश्वाहा ग्यास चुल्हो वितरण गर्ने भनेर सयौं स्थानीयलाई बोलाएर भेला गराएको र उनीहरुद्धारा नै कार्यालय कब्जा गराएर अराजक काम गराइएको निष्पक्ष ढंगबाट छानविन गरेर दोषिलाई कारवाही गर्न माग गर्नुका साथै यदी मैले कुनै अनियमितता गरेको छु भने छानविन होस दोषि ठहर भएमा कारवाहीको भागिदारी हुने समेत उनले बताइन् ।
कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीका अनुसार कार्यपालिकाको वैठकमा एक्कसी प्रदेश साँसद कुश्वाहाले सयौं व्यक्तिलाई लिएर हुलहुज्ज गराई आफूलाई गाली ग्लौजका साथै हात पात गरेर जबरजस्ती कारवाहीका लागि पत्र लेख्न लगाए । कार्यालयमा आएर यसरी अमानविय कार्य गर्नु अति नै बबर शैलि भएकोमा आफू निरीह कर्मचारी भएकोले वेइज्जत गरेर गराइएको कार्य राम्रो नभएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…