मोटरसाईकल दुर्घटना परी एक जनाको घटनास्थलमै मृत्यू !
नीहरु अत्यधिक मदिरा सेवन गरी मोटरसाईकल चलाउँदाखेरी अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।

२०७५ भदौ २० बुधबार, दिउँसो १:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको जुरी बजार स्थित मोटरसाईक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
नगरपालिकाको वडा नं. ११ शंकपुरस्थित गएराती मोटरसाईकल अनियन्त्रित हुँदा स्थानीय बर्ष २५ को नसरुदिन राईनको घटनास्थलमै मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् ।
मँगलबार राती भरतपुरबाट जुरी बजार नाच हेर्न गईरहेको क्रममा दुर्घटना भएको जनाइएको छ । उनीहरु अत्यधिक मदिरा सेवन गरी मोटरसाईकल चलाउँदाखेरी अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ४ बस्ने मोटरसाईकल चालक वर्ष २५ का भूप नारायण कापर र गणेशमान चारनाथ नगरपालिकाका वडा नं. ११ कै वर्ष २४ का सकिर राईन घाईते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक सरोज राईले बताए ।
मृतक राईन मँगलबार मात्र वैदेशिक रोजगारीबाट घर फर्केका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…