अपडेट : गोली लागेका शर्माको अवस्था गम्भिर अञ्चल अस्पतालबाट काठमान्डौँ रिफर !
गोली लागेका शर्मा ज ५ प ७९८८ नम्बरको होण्डा युनिकर्न मोटरसाईकलमा सवार रहेको बताइएको छ ।

२०७५ भदौ १८ सोमबार, राति ११:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा अज्ञात व्यक्तिको गोली प्रहारबाट गम्भिर घाईते भएका युवकलाई थप उपचारको लागि काठमान्डौँ रिफर गरिएको छ ।
अज्ञात व्यक्तिले चलाएके गोली लागेर लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ बस्ने चन्दे ठाकुरको ३५ बर्षिय छोरा सँजय शर्मा गम्भिर घाईते भएका हुन ।शर्माको उपचारमा सँलग्न जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. अनिल कुमार मिश्रले घाईते शर्माको स्वास्थ्य अवस्था गम्भिर भएको भन्दै थप उपचारको लागि काठमान्डौँ रिफर गरिएको हो ।
सोमबार राती करिब ९ः३० बजे जनकपुरधामको पिडारीचोकदेखि लक्ष्मीनिया जाने क्रममा जनकपुर ढल्केवर सडकखण्डमै हाइवे साडमा पर्ने चाईनिज ईटा भटटा नजिक मोटरसाईकल सवार दुई जनाले गोली हानेर भागेको जनाइएको छ ।
शर्मालाई गोली हानेर भागेपछि मोटरसाईकलबाट लडेका शर्माले पेट छाम्दा पेटमा गोली लागेको तथा बलबल्ती रगत बगेको देखेपछि आफैँ मोटरसाईक चलाएर गाउँ पुगेका थिए ।गाउँ पुगेर आफूलाई गोली हानेको आफ्ना आफन्तहरुलाई भनेपछि स्थानीयहरुले उपचारको लागि मोटरसाईकलमै जनकपुर अञ्चल अस्पताल पुरयाएको थियो ।
गोली लागेका शर्मा ज ५ प ७९८८ नम्बरको होण्डा युनिकर्न मोटरसाईकलमा सवार रहेको बताइएको छ । गोली हान्ने व्यक्ति सवार मोटरसाईकलको प्रहरी खोजविन तीव्र पारेको छ ।
शर्मालाई छेउबाट गोली हानेकोमा पेटमा आरपार गर्दै मोटरसाईलको फयूल टयान्कीमा लागेर मिटरमा लागेको थियो । थप विवरण आउन अझै बाँकी छ ।
यस सम्बन्धि पहिलो समाचार
धनुषाको लक्ष्मीनीयामा गोली चल्यो, एकको अवस्था गम्भिर , प्रहरीको चेकजाँच कडा !!!
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…