जबरजस्ती करणी गर्न खोज्नेलाई कारबाहीका माग गर्दै रौतहटमा प्रर्दशन
आरोपित चन्द्रबंशीलाई सहयोग गरेको भन्दै वडा अध्यक्ष शाहीको राजिनामाको माग !

२०७५ भदौ १७ आइतबार, बेलुकी ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । जबरदस्ती करणी गर्न खाज्ने एक युवकलाई कार्यबाहीको माग गर्दै आईतबार रौतहटको सदरमुकाम गौरमा स्थानीयले प्रर्दशन र नाराबाजी गरेका छन् ।
स्थानीय एक १५ बर्षिय किशोरीलाई जवरजस्ती करणी गर्न खोज्ने २१ बषिर्य टिङ्कु चन्द्रबंशी लाई कारबाहीको माग गर्दै गौर नगरपालिका वडा नं. ४ का स्थानीय बासीहरुले प्रर्दशन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय को गेट अगाडि सयकडौं स्थानीयबासीले चर्को नाराबाजी गर्दै प्रर्दशन गरेका छन् । बलात्कारीलाई सजाय दे, वडा अध्यक्ष मूर्दाबाद भन्दै नाराबाजी गरेका आक्रोशीत स्थानीयहरुले वडा अध्यक्ष भुवनेश्वर शाहीको राजिनाको माग समेत गरेका छन् ।
आरोपित चन्द्रबंशीलाई सहयोग गरेको भन्दै वडा अध्यक्ष शाहीको राजिनामा को माग गरेको समाजसेवी मनोज सहनीले बताएका छन् ।
जवरजस्ती करणी गर्न खोज्ने चन्द्रवंशीलाई स्थानीयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय गौरमा बुझाएपछि जातको नाताले आरापित युवकलाई छुटाउन र निर्दाष साबित गर्न लागि परेपछि स्थानीयहरुले वडा अध्यक्ष शाहीको बिरुद्ध उत्रेको स्थानीय शंकर सहनीले बताए ।
पक्राउ परेका चन्द्रबंशीका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
शनिबार साँझ घरमा कोही नभएको बेला किशोरीको घरमा गर्इ चन्द्रबंशीले जबरजस्ती करणी गर्न खोजेपछि उनलार्इ स्थानीयले आइतबार बिहान समातेर प्रहरीलार्इ बुझाएका थिए ।
अर्को तर्फ वडा अध्यक्ष शाही भने यो केसमा आफूले कुनै प्रकारको भेदभाव पूर्ण व्यवहार र पक्षपात नगरेको बताएका छन् । शाहीले केटा र केटीको मन मिलेपछि यो घटना घटेको र आफू जातिय द्वन्द नहोस्, कुनै अप्रिय घटना नघटोस् भनेर आफूले आरोपित चन्द्रवंशीलाई प्रहरीको जिम्मा लगाएको दाबी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…