पिकअपले ठक्कर दिँदा दुईको अवस्था गम्भिर
ठक्कर दिने पिकअप फरार भएको छ भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

२०७५ भदौ १५ शुक्रबार, राति ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा पिकअप गाडीले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाईते भएका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ कुम्हरौल स्थित जनकपुरधाम ढल्केवर सडकखण्ड अन्तर्गत पिकअपले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ज ६ प ५६३६ नम्बरको मोटरसाईकलमा सवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्ने बर्ष ४३ का मुकेश शर्मा र एक अन्य गम्भिर घाईते भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार शर्माको स्वास्थ्य अवस्था चिन्ताजनक नै रहेको छ र उनको उपचार रमदैया भवाडी स्थित जानकी मेडिकल कलेजमा भईरहेको छ । एक जनाको नाम भने खुल्न सकेको छैन ।
ठक्कर दिने पिकअप फरार भएको छ भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…