प्रदेश नम्बर २ मा बैंकिङ पहुँच झन् कम्जोर (सम्पूर्ण सूची सहित)
संघीय संरचना अनुसार निर्माण भएको प्रदेश नम्बर २ मा आठ जिल्लाहरु छन् । यस प्रदेशका अधिकांश स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेका छन् । सप्तरी ११ स्थानीय तहमा बैंक छैनन् सप्तरी जिल्लाका ११ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्लाका १९ स्थानीय तहहरु मध्ये ८ तहमा मात्रै बैंक शाखा पुगेका

२०७४ मंसिर २५ सोमबार, राति १२:५१ बजे४ मिनेट पढाइ
संघीय संरचना अनुसार निर्माण भएको प्रदेश नम्बर २ मा आठ जिल्लाहरु छन् । यस प्रदेशका अधिकांश स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेका छन् ।
सप्तरी
११ स्थानीय तहमा बैंक छैनन्
सप्तरी जिल्लाका ११ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्लाका १९ स्थानीय तहहरु मध्ये ८ तहमा मात्रै बैंक शाखा पुगेका छन् । जिल्लाको सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, खडक नगरपालिक, पातो नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र बोदेबरसाइन नगरपालिकामा मात्रै बैंक शाखा सञ्चालनमा छन् ।
यि हुन् बैंक नपुगेका सप्तरीका तह
छिन्मस्ता गाउँपालिका
तिरहत गाउँपालिका
वलान विहुल गाउँपालिका
तिलाठी कोइलाडी गाउँपालिका
विष्णपुर गाउँपालिका
वेल्ही चपेना गाउँपालिका
महादेवा गाउँपालिका
रुपनी गाउँपालिका
सुरुङ्गा गाउँपालिका
कृष्णसरवान गाउँपालिका
डाक्नेस्वरी गाउँपालिका
सिरहाको ७५ प्रतिशत स्थानीय तह बैंक बिहिन
सिरहा जिल्लाका ७५ प्रतिशत स्थानीय तहमा बैंंक शाखा पुग्न सकेका छैनन् । जिल्लामा ६ नगरपालिका सहित १६ वटा स्थानीय तहहरु छन् जसमध्ये हाल सम्म ४ वटा स्थानीय तहमा मात्रै बैंक शाखा पुगेका छन् । जिल्लाको गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका र सिराहा नगरपालिका बाहेकका सबै स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेको छैन ।
सिरहाका कुन–कुन तहमा बैंक छैनन् ?
अर्नमा गाउँपालिका
औरही गाउँपालिका
कर्जन्हा नगरपालिका
धनगढीमामाई नगरपालिका
नवराजपुर गाउँपालिका
वरियापट्टी गाउँपालिका
भगवानपुर गाउँपालिका
लक्ष्मीपुर पतारी गाउँपालिका
विष्णपुर गाउँपालिका
सुखुवाना गाउँपालिका
कल्याणपुर नगरपालिका
नरहा गाउँपालिका
धनुषाका ९ तह बैंकिङ पहुँच बाहिर
धनुषा जिल्लाका कूल २० स्थानीय तह मध्ये ९ वटा स्थानीय तहमा हाल सम्म बैंंकिङ पहुँच पुग्न सकेको छैन । जिल्लाको ३ नगरपालिका र ६ वटा गाउँपालिका गरी ९ वटा स्थानीय तहमा कुनै पनि बैंकका शाखा छैनन् । धनुषाको जनकपुर उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, शहीदनगर नगरपालिका, सप्तऋषि नगरपालिका क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, सबैला नगरपालिका, मिथिला नगरपालिक र जनकनन्दिनी गाउँपालिकामा बैंक शाखा पुगिसकेका छन् । तर यि बाहेक कुनै पनि स्थानीय तहमा बैंक शाखा पुग्न सकेका छैनन् ।
यि हुन् बैंक नपुगेका ९ स्थानीय तह
औरही गाउँपालिाका
बटेश्वर गाउँपालिका
लक्ष्मीनिया गाउँपालिका
मुखियापट्टी मुसहरमिया गाउँपालिका
धनौजी गाउँपालिका
कमला नगरपालिका
मिथिला बिहारी नगरपालिका
विदेह नगरपालिका
हंसपुर नगरपालिका

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…