'पप्पु कन्स्ट्रक्शन' को बिरुद्धमा रौतहटमा नेकपाको प्रदर्शन
छिटो भन्दा छिटो कारवाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

२०७५ भदौ ११ सोमबार, राति ९:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । गौर टिकुलिया घाटको लाल बकैया नदीमा पुल बनाउन ठेक्का लिएका पप्पु कन्स्ट्रक्शनको बिरुद्ध रौतहटमा सोमवार प्रदर्शन गरिएको छ ।
गत शनिवार सो घाटमा ढुङ्गा दुर्घटनामा सर्वसाधारहरुको ज्यान गएपछि ठेक्केदारलाई कारवाहीको माँग गर्दै नेकपा पार्टीले सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।
पुल बनाउन जिम्मा लिएका ठेकेदार तथा वर्तमान सांसद हरिनारायण रौनियारलाई कारवाही र उनको पप्पु कन्स्ट्रक्शन कम्पनीलाई कालो सुचिमा राख्न माँग गर्दै नेकपा नेता शम्भु शाहको अगुवाईमा सयकडौं आक्रोशि जनताले प्रदर्शन गरेका हुन् ।
हाथ हाथमा प्ले कार्ड बोकि चर्को नाराबाजीका साथ नगर परिक्रमा गरी प्रदर्शनकारी टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई छिटो भन्दा छिटो कारवाही गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनीहरुले मृतक र घाईते परिवारजनलाई क्षतिपूर्ति दिन जोडदार माँग गरेका छन् । शनिवार साँझ लालबकैया नदीमा निर्माण हुदै गरेको निर्माणधिन पक्कि पिलमा ठोकिएर सो ढुङ्गा दुर्घटना भएको थियो ।
गौर सदरमुकामबाट पश्चिमि क्षेत्र बैरिया, बन्जरहा, महुलिया, औरैया, सहितमा आवतजावत गर्न पुल नबनेकाले ढुङ्गाको सहारा लिई सधै जोखिम उठाउँदै आएका करिब ३० जना यात्रु सवार ढुङ्गा सो दिन भने दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परेका ३० जना मध्ये २४ जनाले ज्यान जोगाउन सफल भएतापनि ६ जना हराएका थिए । ६ जना मध्येको ३ जनाको शव बरामद भएको छ भने र ३ जना बेपता छन् । गौर ४ निवासि शान्ति देवी साह, उष्मा पटेल र ईश्नाथ नगरपालिका निवासि रुना देवी पटेलको शव भारतको बेलवा घाटबाट बरामद भएतापनि हराएका ओमप्रकाश चन्द्रबंशी, इन्दु देवी पटेल सहित नाम नखुलेको एक जना बेपता छन् ।
२०७४ असार २५ गते भित्र पुल निर्माण गरी सक्नुपर्ने थियो तर हालसम्म पिलर मात्र गाडिएको छ । निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनको ढिला सुस्तीका कारण जोखिम मोलेर लालबकैया नदी तर्न स्थानीय बाध्य छन् ।
२०७१ साल अषाढ २६ गते उक्त पुलको निर्माणका लागि पप्पु कन्स्ट्रक्शनले सम्झौता गरेको थियो । निर्माण हुदै गरेको उक्त पुल २ सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन् ।
१४ करोड १३ लाख २७ हजार १ सय ५० मा निर्माणको ठेक्का लिएका पप्पु लाई सम्झौता अनुसार काम नगरेको भन्दै सम्बन्धित निकायले पटक पटक पत्रचार गरेपछि कानमा तेल हाली सुतेको अवस्था छ ।
हाल पनि घटना स्थलमा सयकडौं भन्दा बढि सुरक्षाकर्मि तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…