रौतहट डुङगा दुर्घटना अपडेट : अझ ५ जना बेपत्ता, उद्धार कार्य जारी
२ सय ५० बढी सुरक्षाकर्मीहरु उद्धार नाव सहित नदिमा तैथाना गरिएको छ |

२०७५ भदौ १० आइतबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

सँजय सहनी |
रौतहट, १० भदौ । शनिबार साँझ रौतहटको गौर नगरपालिका वडा नं. ४ स्थित लाल बकैयाँ नदिमा भएको डुङगाा दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी कार्य झन तीव्र पारिएको छ ।
अहिलेसम्म २० जना बढीको सकुशल उद्धार गरिएको छ भने रातभरि नै चलेको उद्धार कार्यबाट थप ५ जनालाई उद्धार गर्न सकिएको छैन ।बकैयाँ नदिको टिकुलिया घाटमा शनिबार साँझ डुङगा दुर्घटना भएको थियो भने डुङगामा करिब ३० जना सबार रहेको अनुमान गरिएको छ ।

स्थानीय प्रशासनको अनुसार, डुङगाको सहायक चालक स्थानीय बर्ष १९ को ओम प्रकाश चन्द्रवंशी, वर्ष ४५ की ईन्द्रदेवी पटेल, वर्ष ६५ की शान्ती देवी साह, वर्ष १० की बालिका उष्मा पटेल र रुना देवी पटेल अझै बेपत्ता रहेको छ ।

उद्धार कार्यको लागि प्रमुख जिल्ला अधिकारि सहित सशस्त्र प्रहरीका एपसी, नेपाली सेनाका कर्णेलको नेतृत्वमा २ सय ५० बढी सुरक्षाकर्मीहरु उद्धार नाव सहित नदिमा तैथाना गरिएको छ भने विभिन्न ठाउँमा खोज तलास जारी राखिएको छ ।
थप विवरण आउन बाँकी ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…