रौतहटको लाल बकैयाँ नदिमा डुङगा पल्टियो, ३० जना बेपत्ता, उद्धार कार्य जारी !
डुङगामा सवार ४० जनामध्ये १० जनाको उद्धार गरिएको छ भने अन्य बाँकी बेपत्ता रहेको जनाइएको छ ।

२०७५ भदौ ९ शनिबार, राति ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
रौतहट, ९ भदौ । रौतहटमा डुङगा पल्टिदाँ ३० जना बेपत्ता भएको खबर छ ।
रौतहटको गौर नगरपालिका वडा नं. ४ स्थितको बकैयाँ नदिको टिकुलिया घाटमा डुङगा पल्टिदाँ ३० जना बेपत्ता भएको रौतहटका न्यूज ब्यूरो सहकर्मी सँजय सहनीले जानकारी गराए ।
डुङगामा सवार ४० जनामध्ये १० जनाको उद्धार गरिएको छ भने अन्य बाँकी बेपत्ता रहेको जनाइएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितका सुरक्षा टोली रेस्क्यू अपरेशनमा जुटेका छन् भने सँचारकर्मी र स्थानीय युवाहरु समेत उद्धार कार्यमा खटेका छन् ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…