धनुषामा भेटायो निल गाईको बच्चा, ट्रस्टलाई हस्तान्तरण
मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डललाई उक्त बाछो जिम्मा

२०७५ भदौ ६ बुधबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
धनुषा, ६ भदौ । धनुषामा निल गाईको बाछो भेटाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ कुकुर्बा टोलमा स्थानीय बौना यादव भन्ने घरको नजिकैबाट उक्त नील गाईको बच्चाको उद्धार गरिएको हो ।
प्रहरी नायब नीरिक्षक रामलाल यादवको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले बुधबार विहान करिब ११ बजे उक्त नील गाईको बाछोलाई उद्धार गर्दैै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको थियो ।
नील गाईको सानो बाछो भेटाएपछि उद्धार गर्दै जिल्ला डिविजनल वन अधिकृत अशोक कुमार झाले जिल्ला वन कार्यालयलाई जानकारी गराएपछि धनुषाधाम संरक्षित वनमा मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डललाई उक्त बाछो जिम्मा लगाइएको हो ।
स्थानीय बुद्धिजीवी, पत्रकार, प्रशासन र स्थानीयको बीच मण्डललाई नील गाईको बाछोको उद्धारको जिम्मेवारी दिइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…