मोसा दुर्घटनामा टाउको फाटेका कापरको बाटोमै मृत्यू !
चन्द्रमोहन कन्स्ट्रक्सन निर्माण कम्पनीको लापरवाही कारण कापरको ज्यान गएको स्थानीयहरु बताउँछन् ।

२०७५ भदौ ६ बुधबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ६ भदौ । बुधबार दिउँसो मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका राम बहादुर कापरको मृत्यू भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कार्यालय भन्दा करिब ३०० मिटर पर निर्माणधिन रहेको पूल डाईभर्सनमा ज ४ प ३९९७ नम्बरको मोटरसाईकलमा सवार अन्दाजी ४५ बर्षिय महोत्तरी भँगहा नगरपालिकाको सिँग्याही बस्ने कापरको टाउकोमा गम्भिर चोट लागेर टाउको फाटेको थियो ।
उपचारको लागि जनकपुुर अञ्चल अस्पतालमा ल्याएको तथा यहाँबाट विराटनगरको लागि रिफर गरिएकोमा सिरहाको गोलबजार स्थित नै बाटोमै मृत्यू भएको जनाइएको छ ।
कापर आफ्नो सम्धीसँग भेटघाटको लागि ईनरुवा गइरहेको अवस्थामा निर्माणधिन पूलमा ठोक्कीएर मोटरसाईकल दुर्घटना भएको थियो । मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
यता, चन्द्रमोहन कन्स्ट्रक्सन निर्माण कम्पनीको लापरवाही कारण कापरको ज्यान गएको स्थानीयहरु बताउँछन् । उक्त कम्पनीका ठेकेदारले निर्माणधिन पूल नजिकै कुनै पनि चेतावनी बोर्ड नराखिएको कारण सर्वसाधारण भ्रमित हुने गरेको छ ।
यो समचार पनि पढनुस् ।
धनुषा मोटरसाईकल ठोक्किदा एकको टाउको फाटयो, विराटनगर रिफर !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…