बकरिदमा भएको झडप काण्डमा तीन जना पक्राउ
प्रहरीले झडप नियन्त्रणको लागि दुई राउण्ड आश्रु ग्याँस समेत प्रहार गरेको थियो ।

२०७५ भदौ ६ बुधबार, दिउँसो ३:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
महोत्तरी, ६ भदौ । महोत्तरीको लोहरपट्टिमा नवाजलाई लिएर भएको द्धिपक्षिय झडपमा सामेल ३ जनालई प्रहरीले पक्राउ गरेका छन् ।
आज विहान बकरिदको अवसरमा लोहरपट्टि नगरपालिकाको महदैया तपनपुरमा भएको मुस्लिमहरुबीचको झडपमा १३ जना घाईते भएपछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ |
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, पक्राउ पर्नेहरुमा लोहरपट्टि नगरपालिका वडा नं. ३ महदैया तपनपुर बस्ने ६० बर्षिय मो. अजिज कवाडी, बर्ष २३ को सौकत अलि कवाडी र बर्ष ३२ को ईसराफिल कवाडी रहेको छ ।
बकरीदको अवसरम भारतबाट आएका मौलवीबाट राष्ट्रिय जनता पार्टी राजपा र नेपाली काँग्रेसका मुस्लिम समुदायकै व्यक्तिहरुबीच पहिले नवाज पढाउने विषयलाई लिएर झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले झडप नियन्त्रणको लागि दुई राउण्ड आश्रु ग्याँस समेत प्रहार गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…