आज मधेस आउँदै प्रधानमन्त्री ओली र पूर्व प्रम प्रचण्ड !
प्रदेशसभाको सम्बोधन पछि दिउसो १ बजे नेकपाका ओली र प्रचण्ड बरमझियामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२०७५ भदौ २ शनिबार, बिहान ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनुषा आउने भएका छन् ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पहिलो पटक यसरी एकसाथ धनुषा आउन लागेका हुन् । जनकपुरबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिकमा समाचार प्रकाशित गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेशसभामा ११ बजे सम्बोधन गर्न जनकपुर आउन लागेका प्रधानमन्त्री ओली धनुषाको बरमझियामा तत्कालिन माओवादी जनयुद्धकालमा शहादत प्राप्त शहीद रामवृक्ष यादवको स्मृतीसभामा सहभागी हुनेछ ।
मधेश आन्दोलनपछि कुनै पनि औपचारिक कार्यक्रममा आउन नसकका प्रधानमन्त्री ओलीले शनिवार विहान ११ बजे प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड आज धनुषा आउ“दै प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेकपाका सांसद रामचन्द्र मण्डलले जानकारी दिए ।
प्रधानमन्त्री ओली यसअघि प्रदेश १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसकेका छन् । सातै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम अनुसार उनी जनकपुरधाम आउन लागेको बताइएको छ ।
प्रदेशसभाको सम्बोधन पछि दिउसो १ बजे नेकपाका ओली र प्रचण्ड बरमझियामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्मृतिसभामा २० हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरुको सहभागीता रहने आयोजकको दावी छ । न्यूजपेपर दैनिकले समचार छापेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…