प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन १२ दिन सरियो
न्यूज ब्यूरो | जनकपुरधाम, १ भदौ । प्रतिनिधिसभा मातहतका विषयगत समितिका सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचनको मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए । बैठकमा उनले निर्वाचनको मिति

२०७५ भदौ १ शुक्रबार, दिउँसो ३:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १ भदौ । प्रतिनिधिसभा मातहतका विषयगत समितिका सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचनको मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।
बैठकमा उनले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए ।
प्रतिनिधिसभा मातहत १० ओटा विषयगत समिति छन् ।
यसअघि, अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी तथा फर्छ्योट विधेयक २०७५ सदनसमक्ष पेस गरे ।
अर्थमन्त्री डा. खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटो–छरितो बनाउन विधेयक ल्याइएको जानकारी दिए ।
प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ ।
साभार: ईमेज खबर
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…