शहिदनगरका मेयर दिनेश यादवले लाईभमै नगरका युवालाई दिए बन्दुकको धम्की, बन्दुक राखेको दाबी

२०८३ असोज २० मंगलबार
बेलुकी ७:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव यतिबेला युवाहरुको संघर्षमा परेका छन् । 

केही दिन अगाडी एक रेडियो कार्यक्रमको क्रममा दिँदै गरेको लाईभ अन्तरवार्तामा उनले एक युवकलाई अभद्र भाषा प्रयोग गरेका थिए । सोही कार्यक्रममा उनले नगरका युवाहरुलाई बन्दुककको धम्की दिएका छन् । 

उनले कार्यक्रमको क्रममा कसैले बन्दुक भाडामा ल्याउँछ, तर आफूसँग घरमै बन्दुक रहेको प्रष्ट रुपमा बताएका छन् । सरकारले नीजि प्रयोजनको लागि विशेष अवस्थामा लाईसेन्स भएको बन्दुक राख्न दिने प्रावधान भएपनि उनले सार्वजनिक कार्यक्रममा बन्दुक छ भनेर खुल्ला रुपमा धम्की दिएको टिप्पणी गरिएको छ । 

एक सार्वजनिक पदमा बसेर मिडिया मार्फत युवाहरुलाई लक्षित गरी धम्कीपूर्ण शब्द बोलेको भन्दै युवाहरुले पुनः खुल्ला मँचमा आएर बहस गर्न चुनौति दिएका छन् । मेयर जस्तो पदाधिकारीले मिडियामा प्रश्न गर्नेलाई सार्वजनिक धम्की दिएको भन्दै मेयरप्रति आक्रोस बढेको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

मदरसाबाट भागेका तीन किशोरी घर फर्किए, मोबाइलकै विषयमा कुटपिट भएको प्रारम्भिक बयान

  • २०८३ असोज २० मंगलबार

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको जलेश्वरस्थित मदरसाबाट भागेका तीन किशोरी अन्ततः घर फर्किएका छन् । जलेश्वर नगरपालिका–२ स्थित मदरसा सैईदा फातिमा लिल्बेनातबाट भदौ २७ गते शनिबार बिहान भागेका अन्दाजी १५, १६

पूरा पढ्नुहोस्

Bureau Menus