न्यूज ब्यूरो, जनकपुरधाम । पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दू परिषद् नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्व हिन्दू परिषद् नेपाल, मठ–मन्दिर अर्चक तथा पुरोहित विभागले जारी गरेको प्रेस विज्ञप्तिमा पशुपतिनाथ मन्दिर नेपालको राष्ट्रिय धार्मिक सम्पदा तथा विश्वभरका हिन्दूहरूको आस्थाको महत्वपूर्ण केन्द्र भएकाले यसको धार्मिक परम्परा, संस्कार र पूजापद्धतिको संरक्षण आवश्यक रहेको उल्लेख गरिएको छ ।
परिषद्का अनुसार हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा मुस्लिम समुदायका केही व्यक्ति पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको देखाइएको छ । उक्त विषयलाई परिषद्ले गम्भीर र आपत्तिजनक भन्दै घटनाको तथ्य तथा प्रमाणका आधारमा निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा स्थापित नियम तथा प्रवेश व्यवस्थालाई चुनौती दिने, त्यसको भिडियो निर्माण गरी सार्वजनिक गर्ने तथा धार्मिक भावनामा असर पार्ने कार्य स्वीकार्य नहुने परिषद्को भनाइ छ ।
तर परिषद्ले घटनालाई कुनै धर्म वा समुदायविरुद्धको विषयका रूपमा नलिई मन्दिरको धार्मिक मर्यादा, स्थापित प्रवेश व्यवस्था र कानुनी शासनसँग सम्बन्धित विषयका रूपमा हेर्नुपर्ने स्पष्ट गरेको छ ।
नेपालको संविधानले धार्मिक स्वतन्त्रता तथा सबै धर्म र समुदायप्रतिको सम्मान सुनिश्चित गरे पनि धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा लागू धार्मिक नियम तथा परम्पराको उल्लङ्घन गर्ने अधिकार नभएको परिषद्को दाबी छ ।

परिषद्ले घटनाको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ । साथै, पशुपति क्षेत्र विकास कोषले मन्दिरको प्रवेश व्यवस्थाका साथै सुरक्षाकर्मी र कर्मचारीको भूमिकाबारे समेत आवश्यक छानबिन गरी स्पष्ट पार्नुपर्ने माग गरिएको छ ।
पशुपति क्षेत्रको संरक्षण, व्यवस्थापन तथा धार्मिक मर्यादा कायम गर्ने जिम्मेवारी सम्बन्धित निकायको भएकाले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रवेश व्यवस्था, सुरक्षा तथा अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउन परिषद्ले आग्रह गरेको छ ।
सामाजिक सञ्जालमार्फत हिन्दू समुदायको धार्मिक आस्थामा ठेस पुग्ने किसिमका सामग्री प्रचार–प्रसार नगर्नसमेत परिषद्को मठ–मन्दिर अर्चक तथा पुरोहित विभागले आग्रह गरेको छ ।
परिषद्ले पशुपतिनाथ मन्दिर नेपालको सनातन सभ्यता, संस्कृति, धार्मिक आस्था र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको धार्मिक मर्यादा, परम्परा र विशिष्टताको संरक्षण राज्य, सम्बन्धित निकाय तथा नेपाली समाजको साझा दायित्व भएको जनाएको छ ।
विश्व हिन्दू परिषद् नेपालका मठ–मन्दिर, अर्चक तथा पुरोहित विभाग प्रमुख दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा उक्त धारणा सार्वजनिक गरिएको हो ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८३ असोज २० मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्






