जिममा महिलाका आपत्तिजनक भिडियो बनाएको आरोप, सञ्चालक पक्राउ, १००–१५० तस्बिर–भिडियो बरामद

२०८३ असोज १९ सोमबार
बिहान १०:०७ बजे
न्यूज ब्यूरो, डेस्क

भारत । भारतको गुजरातस्थित सुरेन्द्रनगरमा जिममा आउने महिलाको गोप्य रूपमा आपत्तिजनक तस्बिर तथा भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा जिमका व्यवस्थापक अमिन यासिनभाई मुलतानी पक्राउ परेका छन् ।

सुरेन्द्रनगरको ‘क्लब ७१’ जिममा महिलालाई ब्ल्याकमेल गर्ने, जबर्जस्ती सम्बन्धका लागि दबाब दिने तथा उनीहरूका निजी तस्बिर र भिडियो प्रयोग गर्ने गरिएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार एक महिलाले सुरेन्द्रनगरका प्रहरी अधिकारी प्रेमसुख डेलुलाई लिखित उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु भएको थियो । उजुरीमा जिमको चेन्जिङ रुममा गोप्य क्यामेरा प्रयोग गरी महिलाका तस्बिर तथा भिडियो खिचिएको र त्यसैलाई आधार बनाएर ब्ल्याकमेल गर्ने आरोप लगाइएको थियो ।

उजुरीपछि प्रहरीले ग्राहक बनेर जिममा प्रवेश गरी छापा मारेको जनाइएको छ । छापाका क्रममा प्रहरीले चारवटा पेनड्राइभ, पाँचवटा मोबाइल फोन, सिमकार्ड, ब्लुटुथ उपकरण, एडाप्टर, खाली चेक तथा हिसाब–किताबका कापीलगायत सामग्री बरामद गरेको छ ।

प्रहरीका अनुसार बरामद पेनड्राइभमा करिब १०० देखि १५० वटा आपत्तिजनक तस्बिर तथा भिडियो फेला परेको दाबी गरिएको छ । तीमध्ये केही महिलाका नग्न तस्बिर तथा भिडियोसमेत रहेको प्रहरीको भनाइ छ ।

तर, प्रहरीले जिम वा चेन्जिङ रुममा लुकेको क्यामेरा भने फेला नपारेको स्पष्ट पारेको छ । बरामद डिजिटल सामग्री वास्तविक हो वा कृत्रिम बुद्धिमत्ता प्रविधिबाट तयार गरिएको हो भन्ने यकिन गर्न फरेन्सिक प्रयोगशालामा पठाइएको छ ।

घटनामा मुलतानीसँगै जिममा कार्यरत अर्का एक कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी अनुसन्धानका क्रममा जिमबाट खाली चेक तथा हिसाब–किताबका कापीसमेत बरामद भएपछि ब्याजमा रकम लगानी गर्ने तथा सम्भावित गैरकानुनी आर्थिक गतिविधिबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ ।

सुरेन्द्रनगरमा क्लब ७१ का दुईवटा जिम सञ्चालनमा रहेको र तीमध्ये दुधरेज रोड तथा ८० फिट रोडस्थित जिममा प्रहरीले कारबाही गरेको जनाइएको छ । आवश्यक अनुमति तथा लाइसेन्सबिना सञ्चालन भएको भन्दै दुवै जिमलाई महानगरपालिकाका कर्मचारीको उपस्थितिमा सिल गरिएको बताइएको छ ।

प्रहरीले घटनासँग सम्बन्धित डिजिटल सामग्री तथा अन्य प्रमाणको फरेन्सिक परीक्षण र अनुसन्धान जारी राखेको छ । बरामद सामग्रीको परीक्षणपछि महिलाका तस्बिर तथा भिडियो कसरी प्राप्त भए, कसले खिच्यो वा संकलन गर्‍यो तथा ती सामग्री ब्ल्याकमेलमा प्रयोग भए–नभएकोबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ असोज १९ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus