‘या अल्लाह’ भन्दै महाकाल नगरी उज्जैनको शाही मस्जिद आफैँ तोडन थाले स्थानीय

२०८३ असोज १३ मंगलबार
बिहान ०६:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, उज्जैन । भारतको मध्य प्रदेशस्थित उज्जैनमा सडक विस्तारका क्रममा शाही मस्जिदको प्रभावित भाग हटाउने क्रममा स्थानीय मुस्लिम समुदायका केही व्यक्ति भावुक बनेका छन् ।

सिंहस्थ २०२८ को तयारीअन्तर्गत सडक विस्तार गर्ने योजनामा मस्जिदको केही भाग पर्ने भएपछि उक्त भाग हटाउने प्रक्रिया अघि बढाइएको हो । प्रशासनले कारबाही गर्नुअघि मस्जिद कमिटीको तर्फबाट नै प्रभावित संरचना हटाउने काम सुरु गरिएको जनाइएको छ ।

मस्जिदको पर्खाल तथा त्यससँग जोडिएको जाली हटाउने क्रममा केही व्यक्ति भावुक भएर ‘या अल्लाह’ भन्दै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा एक व्यक्तिले आफूहरूले निर्माण गरेको धार्मिक संरचना आफ्नै हातले हटाउनुपरेको भन्दै भावुक प्रतिक्रिया दिएको देखिन्छ ।

यसअघि मस्जिदको प्रभावित भाग हटाउने विषयमा स्थानीय मुस्लिम समुदायले विरोध जनाउँदै रातभर मस्जिद परिसरमा भेला भएका थिए । सोमबार बिहान स्थिति तनावपूर्ण बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रहरीका अनुसार घटनामा केही प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । पथरावमा संलग्न भएको आशंकामा १० जनालाई हिरासतमा लिइएको जनाइएको छ । तीमध्ये केहीमाथि सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप रहेको प्रहरीले जनाएको छ ।

उज्जैनका प्रहरी अधिकारीका अनुसार हाल मस्जिदको प्रभावित भाग हटाउने काम मस्जिद कमिटीको तर्फबाट भइरहेको छ र सुरक्षाका लागि क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा निगरानीका लागि सीसीटीभी तथा ड्रोनसमेत प्रयोग गरिएको बताइएको छ ।

सडकलाई करिब १५ मिटर चौडा बनाउने योजनाअन्तर्गत मस्जिदको प्रार्थना कक्ष, मीनार तथा अगाडिको केही भाग प्रभावित हुने बताइएको छ । मध्य प्रदेश उच्च अदालतमा परेको मुस्लिम पक्षको निवेदनसम्बन्धी विवाद पनि सोमबार टुंगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अदालतमा उज्जैन नगर निगम र निवेदक पक्षबीच सहमति भएको जानकारी गराइएपछि निवेदनहरू खारेज नभई ‘डिस्पोज’ गरिएको जनाइएको छ ।

उज्जैन प्रशासनले भने सिंहस्थ २०२८ लाई लक्षित गर्दै सडक चौडीकरण तथा अन्य विकासका काम अघि बढाइएको र धार्मिक स्थलको प्रभावित भाग समुदायका मानिसहरूले नै स्थानान्तरण गरिरहेको जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

औरहीका मेयरमाथि आक्रमण र कार्यालय तोडफोडको घटनामा दोषीलाई कारबाही गर्न माग

  • २०८३ असोज १३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका नगरप्रमुखमाथि भएको भनिएको आक्रमण तथा नगरपालिका कार्यालयमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल नगरपालिका संघ, मधेश प्रदेश समितिले माग गरेको

पूरा पढ्नुहोस्

Bureau Menus