महोत्तरीको औरही नगरपालिकामा करेन्ट लागेर एक कामदारको मृत्यु
बाबु प्रेम यदुवन्शी | महोत्तरी,१ भाद्र । महोत्तरीको औरही नगरपालिकामा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ । छत ढलान गर्ने क्रममा विजुलीको तार छुन गई ११००voolt हजार भोल्टको तारमा करेन्ट लागेर छतबाट तल लडेका औरही नगरगालिका वडा नं. ९ वस्ने ४५ वर्षिय रागो मण्डलको मृत्यु भएको छ। स्थानिय विकाउ चौधरीक

२०७५ भदौ १ शुक्रबार, बिहान १०:५० बजे१ मिनेट पढाइ


बाबु प्रेम यदुवन्शी | महोत्तरी,१ भाद्र । महोत्तरीको औरही नगरपालिकामा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ ।
छत ढलान गर्ने क्रममा विजुलीको तार छुन गई ११००voolt हजार भोल्टको तारमा करेन्ट लागेर छतबाट तल लडेका औरही नगरगालिका वडा नं. ९ वस्ने ४५ वर्षिय रागो मण्डलको मृत्यु भएको छ।
स्थानिय विकाउ चौधरीको घरको छत ढलान हुदै गर्दा मृतक मण्डलले बाँस तान्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागि छतबाट लडेका मृतक मण्डलको टाउकोमा गम्भिर चोट लागेको र तत्काल उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव जलेश्वर अस्पतालमा पोष्ट मार्टम पछि आफन्तको जिम्मा लगाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…