न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशसहित देशका विभिन्न भागमा असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले देशभर वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ ।
पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्नेछ । कोशी, बागमती, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय तथा गेग्रान बहावको जोखिम बढ्नसक्ने भएकाले नदी तथा खोलाको किनार, डुबानको जोखिम भएका क्षेत्र र पहिरोको जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न विभागले आग्रह गरेको छ ।
वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र निर्माणका गतिविधिसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
विद्यालयको गेटमा ९ वर्षीया बालिकालाई फकाउँदै थिए पूर्वशिक्षक, CCTV ले पछ्याउँदै पुर्यायो महोत्तरीसम्म
- २०८३ असोज ७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाईफकाई गरी आफूसँग लैजान खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्सा निवासी ३६ वर्षीय मनिष ठाकुर रहेका
पूरा पढ्नुहोस्


