जनकनन्दिनी गाउँपालिकामा परिषद् विवाद, के भयो यस्तो ?
जनकपुरधाम। धनुषाको जनकनन्दिनी गाउँपालिकामा परिषद् विवाद भएको छ । संघीय सरकारले असार १० गतेसम्म गाउँपालिकाको परिषद् सम्पन्न गरिसक्नुपर्ने प्रावधान दिएपनि गाउँपालिकाले समयमा भने परिषद् सम्पन्न नगरेको भन्दै स्थानीयहरुले विरोध जनाएपछि विवाद उत्पन्न भएको हो । पूर्वी धनुषाको भारतीय सीमासँगै रहेको गाउँपालि

२०७५ साउन ३१ बिहीबार, राति ९:५९ बजे२ मिनेट पढाइ

जनकपुरधाम। धनुषाको जनकनन्दिनी गाउँपालिकामा परिषद् विवाद भएको छ ।
संघीय सरकारले असार १० गतेसम्म गाउँपालिकाको परिषद् सम्पन्न गरिसक्नुपर्ने प्रावधान दिएपनि गाउँपालिकाले समयमा भने परिषद् सम्पन्न नगरेको भन्दै स्थानीयहरुले विरोध जनाएपछि विवाद उत्पन्न भएको हो ।
पूर्वी धनुषाको भारतीय सीमासँगै रहेको गाउँपालिकाले परिषद्को लागि सार्वजनिक सुचना जारी नगरिकनै लुकीछिपी परिषद् गर्न लागेको भन्दै विरोध जनाएपछि स्थगित गरिएको आरोप स्थानीय सुनिल मण्डलले लगाए ।
मण्डलले न्यूज ब्यूरोसँग कुराकानी गर्दै, आफूहरुलाई परिषद्को बारेमा जानकारी भएन, सार्वजनिक सुचना जारी गर्नुपर्नेमा त्यो पनि गरिएको थिएन, गाउँपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत तीनै जनाको सक्रिय सहभागितामा कार्यालयको कोठाभित्रै केही जनाको सहभागीतामा नगर परिषद् गरिरहेको अवस्थामा हामीहरु पुगेर विथोलेका थियौँ । उनले भने ।
गत आर्थिक वर्षको हर हिसाब समेत पार्दर्शी नगरेको आरोप लगाउँदै नगर प्रमुखकै घर भएको वडा नं. २ मा विकास रकमको १५ प्रतिशत मात्र रकम खर्च भएर विकास समेत उत्तिकै भएको भन्दै विरोध जनाएको बताए ।
यसका साथै उनले सबै जनप्रतिनीधि, गाउँपालिकाका सर्वसाधारणको समक्ष खुल्ला रुपमा परिषद् गर्नुपर्ने माग राखेपछि विवाद उत्पन्न भएको बताएका छन् । यता, आरोप लगाइएका गाउँपालिकाका प्रशासकीय अधिकृत कुलानन्द झाले भने परिषद्को लागि नियम र कानुन बमोजिम नै पूर्व सुचना काटिसकेको दाबी गरे ।
उनले प्रत्येक वडामा १ करोड ८ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ गरी बजेट विनियोजन चालु आर्थिक वर्षको लागि गरिएको थप्दै लुकीछिपी परिषद् प्रतिको आरोपलाई खण्डन गरे ।
केही असन्तुष्ट जनप्रतिनीधिहरुले आफ्नो असन्तुष्टता प्रकट गरेपछि परिषद् स्थगित गरीएको तथा आगामी भदौ ३ गते खजुरी मावि प्राँगनमा गरिने गरी मिति सारिएको बताए ।
उनले भने, हामीले नेपाल सरकारको नियम बमोजिम पूर्व सुचना काटिसकेका छौँ र अधिकारीक, औपचारिक जानकारी सहित परिषद्को लागि कोरम समेत पुगाएकै थियौ, अब जनप्रतिनीधिहरुको बीचको विवादले परिषद् स्थगित भयो, यसमा मेरो केही भन्नु छैन, म पूर्णत पार्दर्शी र तटस्थ छु कानुन बमोजिम । आगामी ३ गते भदौको लागि परिष्दको नयाँ मिति तय गरिएको छ ।
जनकनन्दनी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डलले समेत परिषद्को लािग सार्वजनिक सुचना जारी गरिएको दाबी गरे । उनले असार १० गते भित्रमै परिषद् गर्नुपर्ने प्रावधान रहेपनि कार्यालयमा परिषद्को लागि पत्र नै १० गतेपछि आएकोले परिषद्मा ढिलाई हुन गएको बताए । 
परिषद्को लागि बोर्ड बैठक समेत दुई पटक बसिसकेको र साउन ३१ को लागि मिति तय गरिसकेको अवस्थामा सबैको उपस्थितिमै परिषद् भईरहँदा असन्तुष्ट जनप्रतिनीधिहरुले खुल्ला रुपमा भदौ ३ गते नै गर्ने भनेपछि ३१ साउनको परिषद् कार्यक्रम स्थगित गर्दै आगामी मिति तय गरिएको थपे ।
यता, गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखसँग सम्पर्क हुन सकेनन भने उपाध्यक्ष भारती कार्कीले फोन सम्पर्कमा आएपनि समय दिन चाहिनन् ।
उनले भनिन, विना सुचनाकै कसरी त्यत्रो जना आइपुग्यो ? कसरी कोरम पुग्यो त ? लुकिछिपी परिषद् गरेको भनेको निराधार हो, पूर्व सुचना जारी गरिसकेको थियो ।
न्यूज ब्यूरोले परिषद् विवाद बारे प्रश्न गर्दा उनले प्रश्न गर्न वा कुरा गर्न कार्यालयमै आएर गर्न भनिन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…