गाउँका युवाको ‘2004: The Time Trap’ : शून्य बजेटमा टाइम–ट्राभलको ठूलो सपना

२०८३ असोज २ शुक्रबार
बिहान १०:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ठूलो प्रोडक्सन हाउस छैन, महँगो बजेट छैन । तर सपना ठूलो छ । यही सोचका साथ गाउँका युवाहरूले आफ्नै मेहनत, उपलब्ध साधन र आधुनिक प्रविधिको प्रयोग गर्दै टाइम–ट्राभलमा आधारित सर्ट फिल्म ‘2004: The Time Trap’ निर्माण गरेका छन् ।

बिनय गुप्ताको निर्देशनमा तयार भएको फिल्मले समय, निर्णय र त्यसले भविष्यमा पार्ने प्रभावको कथा प्रस्तुत गर्छ । फिल्मको मूल अवधारणा विगत परिवर्तन गर्ने प्रयासले वर्तमान र भविष्यमा ल्याउन सक्ने अप्रत्याशित परिवर्तन वरिपरि घुमेको छ ।

फिल्मले दर्शकलाई एउटा गम्भीर प्रश्नसमेत छाड्छ– यदि तपाईंलाई विगतमा फर्किएर केही परिवर्तन गर्ने अवसर मिल्यो भने, त्यसको मूल्यस्वरूप आफ्नो वर्तमान र भविष्य परिवर्तन हुने जोखिम लिन तयार हुनुहुन्छ ?

फिल्ममा अमन भास्करले रघुबीर प्रसाद, रञ्जित महराले मोहन प्रसाद तथा निर्देशकसमेत रहेका बिनय गुप्ताले राजीव प्रसादको भूमिका निर्वाह गरेका छन् । राजीव, मोहनका छोरा हुन् ।

फिल्मको निर्माण टोलीमा अमन भास्कर, रञ्जित महरा, बलराम अधिकारी, प्रमोद मुखिया, जितेन्द्र मुखिया, प्रभाश रजक र सुभाष गुप्ता सहभागी छन् । प्रमोद मुखियाले गाउँलेको भूमिका निर्वाह गरेका छन् भने जितेन्द्र मुखिया रघुको साथीको भूमिकासँगै क्यामेरा टिममा पनि छन् ।

फिल्मको क्यामेरामा बिनय गुप्ता र अमन भास्कर रहेका छन् । सम्पादन, संगीत, पटकथा, वेबसाइट निर्माण तथा भ्वाइस डिजाइनको जिम्मेवारी पनि बिनय गुप्ताले नै सम्हालेका छन् । टेलिफोनसम्बन्धी सहयोग धिरज मण्डलले गरेका छन् भने उपकरण तथा अन्य व्यवस्थापनमा प्रभाश रजकको योगदान रहेको निर्माण टोलीले जनाएको छ ।

फिल्ममा ElevenLabs को आवाज प्रविधि तथा Google Flow मा आधारित एआई प्रविधिको प्रयोग गरिएको छ । साथै, ८० दशकको संगीत शैलीलाई समेत फिल्मको प्रस्तुतीकरणमा समावेश गरिएको छ ।

फिल्मको छायांकन धनुषाको नेमुवाटोल र ढाबौली क्षेत्रमा गरिएको हो ।

‘2004: The Time Trap’ केवल टाइम–ट्राभलको कथा मात्र नभई वर्तमानमा गरिने निर्णयको महत्व सम्झाउने प्रयास भएको निर्देशक बिनय गुप्ता बताउँछन् ।

ठूलो बजेटबिना गाउँमै उपलब्ध स्रोत र प्रविधिको प्रयोग गरेर निर्माण गरिएको यो फिल्मले स्थानीय युवाको सिर्जनशीलता र नयाँ प्रविधिप्रतिको प्रयोगलाई समेत उजागर गरेको छ ।

सानो टिम, सीमित स्रोत र ठूलो सपना बोकेको ‘2004: The Time Trap’ ले अब दर्शकलाई समयको यात्रासँगै एउटा प्रश्नको सामना गराउनेछ– विगत बदल्ने अधिकार पाए पनि के त्यसको परिणाम बदल्ने अधिकार हामीसँग हुन्छ ?

  • 80%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ असोज २ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus