अलविदा ! "अटल विहारी बाजपेयी" - रहेनन भारत रत्न !
न्यूज ब्यूरो भारत, ३१ असार । भारतको राजनीतिमा दिग्गज एवम् प्रेरक मानिएका भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ९३ वर्षीय वाजपेयी जुनमा नै नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्समा भर्ना भएका थिए । किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी

२०७५ साउन ३१ बिहीबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो
भारत, ३१ असार । भारतको राजनीतिमा दिग्गज एवम् प्रेरक मानिएका भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका ९३ वर्षीय वाजपेयी जुनमा नै नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्समा भर्ना भएका थिए । किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए ।
भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए । सन् १९९६ मा १३ दिन, १९९८ १९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे । उन कवि र समावेशी राजनीतिका पर्याय पनि हुन् ।
भारतको राजनीतिमा स्वर्गीय नेता बाजपेयीलाई प्रेरणाको स्रोत मानिएको छ । बाजपेयीको निधनसँगै भारतीय राष्ट्रपति रामनाथ कोविंद, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका वरिष्ठ नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
समाजिक सञ्जाल टवीटर मार्फत उनीहरुले श्रद्धाञ्जली दिएका हुन । यसका साथै, बाजपेयीको शव यात्रा भने शुक्रवार दिउँसो सवा १ बजे निकालिने निर्णय गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…